सशस्त्र प्रहरीद्वारा चाडपर्वको अवसरमा निःशुल्क बस संचालन



काठमाडौं – सशस्त्र प्रहरी बलले दसैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा संचालन गर्ने भएको छ ।

चाडपर्वको समयमा घर विदा जाने सशस्त्र प्रहरी कर्मचारीहरुको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि संचालन भएको निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौँ, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।

दसैँको अवसरमा काँकडभिट्टाको लागि दिउँसो २ बजे र गड्डाचौकीको लागि बिहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४ देखि कार्तिक १२ गतेसम्म सेवा प्रदान गर्नेछ ।

त्यस्तै तिहार र छठ पर्वको अवसरमा सञ्चालन हुने बस समेत कार्तिक २४ देखि मंसिर ४ गतेसम्म सोही समयमा मुख्यालयबाट छुट्ने वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद

तातोखबर, काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी