नाइटक्लबमा आगलागी हुँदा १३ को मृत्यु



Firefighters carry out a covered body on a stretcher after a fire in a nightclub in Murcia, Spain in the early hours of Sunday Oct. 1, 2023. At least 13 people were killed in a fire in a Spanish nightclub on Sunday morning, authorities said, with fears the toll could still rise as rescue workers sift through the debris.The fire broke out in the two-storey “Teatre” nightclub, also called “Fonda Milagros”, in the city of Murcia in southeastern Spain in early hours of the morning. (AP Photo/Alfonso Duran)

मेड्रिड, १५ असोज / दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहान करिब ६ बजेतिर लोकप्रिय थिएटर नाइटक्लबमा आगलागी सुरु भएको र यो चाँडै फैलिएको स्पेनको सरकारी समाचार समिति ईएफईले जनाएको छ ।

आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन । मर्सियाको अग्नि सर्भिसले साझा गरेको भिडियोमा अग्निशमनकर्ताहरूले नाइटक्लबभित्र लागेको आगोलाई निभाउने प्रयास गरिरहेको देखाइएको छ । प्रहरी र आपत्कालीन सेवाहरूले सम्भावित क्षतिबाट जोगाउन क्लबको भित्री भाग सुरक्षित गर्ने प्रयास गरिरहेका थिए । साथै उनीहरूले आगलागीमा परी निधन भएका शवहरू पत्ता लगाउन र पहिचान गर्ने प्रयास गरिरहेका थिए ।

अधिकारीहरूले मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताएका छन् । नाइटक्लबमा भएको उक्त दुर्घटनापछि सिटी काउन्सिलले तीन दिनको शोकको घोषणा गर्दै मर्सिया क्षेत्रका सरकारी भवनहरूमा तीन दिनसम्म आधा झन्डा झुकाउने घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं। अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा अपरेशनका क्रममा लागूऔषध ओसारपसार, हतियारको तस्करी र डकैतीमा संलग्न बेलायती सशस्त्र गिरोहका नेता पक्राउ परेको

काठमाडौं : दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का अमेरिकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर काठमाडौं आइपुगेकी छन्। दुई दिने भ्रमणका लागि उनी