पहिलो पटक मिस्टर मकवानपुर भव्य रुपमा आयाजना हुदै
हेटौंडा, १२ असोज / हेटौंडामा पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिता हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा असोज १३ गते शनिवार उक्त कार्यक्रमको आयोजना हुन लागेको हो ।
हेटौंडामा पहिलो पटक शनिबार हुन लागेको मिस्टर मकवानपुर २०८० मा विभिन्न तीन विधा गरी ५० खेलाडीहरुको सहभागिता रहने कार्यक्रम संयोजक सुनील लोप्चनले बताए । प्रतियोगितामा मिस्टर मकवानपुर, वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप, मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधाका खेलहरुमा प्रतिस्पर्धी हुने संयोजक लोप्चनले जानकारी दिएका छन् ।
कार्यक्रम संयोजक लोप्चनका अनुसार प्रतियोगितामा ५५ औ एसियन बडी बिल्डिङ्ग च्याम्पियन वुमन फिजिक्स तर्फ ५५ केजी मा गोल्ड मेडलिस्ट रजनी श्रेष्ठको प्रशिक्षण तथा प्रदर्शन रहने छ । मिस्टर मकवानपुर विधामा ५५/६०/६५/७०/७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ । त्यसैगरी महिला खेलाडीहरुलाई शारीरिक सुगठन तर्फ आकर्षण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप विधा अन्तरगत खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराईने संयोजक लोप्चनले बताए ।
मिस्टर मकवानपुर भेट्रान्स विधा अन्तर्गत पनि खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराईने र मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगद सहित ट्रफी मेडल प्रदान गरिने संयोजक लोप्चनले जनाएका छन् ।
प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ठ तथा अनुशासित क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद सहित सम्मान गरिने महासङ अध्यक्ष राजेश भेटवालले जानकारी दिए । उनका अनुसार पुराना खेलाडी र खेलको प्रबद्र्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने उनले बताए । कार्यक्रम हेटौंडा २ स्थित पल्पसा हलमा अपरान्ह ४ बजेदेखि मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित हुने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा
-
२.
कर्मचारीलाई खाजा समय ३० मिनेट
-
३.
खोलाको मापदण्डबारे सर्वोच्चको फैसलाविरूद्ध राजनीतिक दलहरू आन्दोलित
-
४.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
५.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण