हेटौंडा १६ : स्नातक तहका विद्यार्थीलाई नि:शुल्क शिक्षा



मकवानपुर – हेटौंडा उपमहानगरपालिका १६ नम्वर वडा कार्यालयले स्नातक तहका विद्यार्थीहरुलाई नि:शुल्क शिक्षाको प्रबन्ध मिलाएको छ ।
स्थानीय विद्यार्थीहरुलाई स्नातक तहको अध्ययनको लागि वडाले सम्पूर्ण खर्च व्यहोर्नेगरी प्रबन्ध मिलाइएको वडा अध्यक्ष रामकृष्ण कोइरालाले बताए ।

‘पछिल्लो समय कक्षा– १२ अध्ययनपश्चात् अधिकाँश विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेशिने गरेको र केहीले आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन नसकेको समस्यालाई मध्येनजर गर्दै हामीले स्नातक तहमा निशुल्क शिक्षाको प्रबन्ध मिलाएका हौँ ।’ वडाध्यक्ष कोइरालाले भने, यसले विद्यार्थीहरुलाई अध्ययनका लागि प्रेरणा मिल्छ ।

साथै आर्थिक अवस्था कमजोर भएका अन्य तहका विद्यार्थीहरुलाई पनि वडा कार्यालयले शिक्षामा सबैको पहुँच स्थापित गर्ने नीति बमोजिम छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

हेटौंडा–१६ स्थायी बसोबास भएको र हेटौंडा नगर क्षेत्रभित्रकै सामूदायिक क्याम्पसमा स्नातक अध्ययन गर्न चाहाने विद्यार्थीलाई वडाले स्नातक तहको अध्ययनको खर्च व्यहोर्ने जनाइएको छ ।

त्यस्तै वडा कार्यालयले कृषक प्रोत्साहन कार्यक्रमसमेत अघि सारेको छ । वडा भित्र सिचाईँका लागि कृषकहरुले सञ्चालन गर्दै आएको १३ वटा डिप बोरिङको विद्युत महसुल खर्च वडा कार्यालयले व्यहोर्ने जनाइएको छ ।

‘यो कार्यक्रमबाट कृषि तथा पशुपालनका लागि कृषकलाई प्रोत्साहन मिल्नेछ भन्ने उद्देश्यकासाथ हामीले आजको बैठकबाट निर्णय गरेका हौँ ।’ वडाध्यक्ष कोइरालाले भने ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ