२०७९ को ‘पद्मश्री साहित्य पुरस्कार’ उपन्यास ‘मनु’लाई



काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७९ को ‘पद्मश्री साहित्य पुरस्कार’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई दिने निर्णय गरेको छ । प्रतिष्ठानले ‘पद्मश्री साधना सम्मान’ २०को दशकदेखि चित्रकला र कार्टुनकला क्षेत्रमा महत्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन)लाई दिने गर्ने निर्णय गरेको छ ।

गत वर्षदेखि सुरु गरिएको ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष शिक्षाका क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको  छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार उपन्यास ‘मनु’ ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक-सांस्कृतिक उपन्यास भएको उल्लेख छ । २०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसहित उच्च

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीसारास्थित एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तातोखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल सञ्चालन