नेपाल दोस्रो पटक टी–२० विश्वकपमा पुग्ने सम्भावना प्रबल



तातोखबर, ६ असोज/ सन् २०२४ मा हुने पुरुष टी–२० विश्वकपको तयारी भइरहेका बेला विश्वभरका क्रिकेटप्रेमीहरुको उत्साह बढ्दै गएको छ । विश्वकप प्रतियोगिता संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दै छन् । जसमा कुल २० देशका सहभागी टोलीहरूले प्रतिस्पर्धा गर्दै छन् ।

२०२४ पुरुष टी–२० विश्वकपमा परम्परागत १६ टोलिमा थप ४ देश सहभागि हुँदै, २० टोलीले सहभागिता जनाउँदै छन् । अघिल्लो संकरण २०२२ अक्टोबर-नोवेम्बरमा अष्ट्रेलियामा आयोजित पुरुष टी २० विश्वकप प्रतियोगिताको शिर्ष आठमा पर्न सफल भएका टोलिले यस संकरणमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

छनोट भएका उत्कृष्ट क्रिकेट राष्ट्रहरूमा अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान, श्रीलंका र दक्षिण अफ्रिका रहेका छन् ।

थप रुपमा दुई आयोजक राष्ट्रहरू, संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले स्वत खेल्न पाउने छन् ।
बंगलादेश र अफगानिस्तानले पनि नोभेम्बर २०२२ को आफ्नो आईसीसी टी–२० वरीयताको आधारले प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेका छन्।

प्रतियोगिताका लागि बाँकी आठ स्लट विभिन्न प्रकृया मार्फत छनोट हुने छन् । जहाँ एशिया छनोट, युरोप क्वालिफायर र अफ्रिका क्वालिफायरबाट प्रत्येक दुई टोली छनोट हुनेछन् । यसबाहेक, एउटा टोली अमेरिका छनोटबाट र अर्काे एक टोलीले पूर्वी एसिया प्यासिफिक क्वालिफायरबाट आफ्नो स्थान पक्का गर्नेछन् ।

विश्वभरका फ्यानहरू २०२४को पुरुष टी-२० विश्वकप टूर्नामेंटका लागि उत्सुकताका साथ पर्खिरहेका छन्, जहाँ उनीहरूले संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजको मैदानमा देखिएका केही उत्कृष्ट क्रिकेट खेलहरू देख्नेछन् ।

नेपालको सम्भावना कति ?

आगामी महिना नेपालमा हुने आइसीसी टी–ट्वान्टी विश्वकप २०२४ को एसिया क्षेत्र छनोटमा नेपाल र युएई फरक समूहमा परेका छन् ।

प्रतियोगिता आगामी कार्तिक १३ देखी २० गते (३० अक्टोबर देखी नोभेम्बर ५) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ ।
समूह ए मा घरेलु टोली नेपाल रहँदा युएई भने समूह बी मा रहेको छ ।

समूह ए मा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई सहित बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट आउने राष्ट्र रहने छ ।

एसिया क्वालिफायर ए छनोटमा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् ।

क्वालिफायर ए सेप्टेम्बर २८ देखी ५ अक्टोबर सम्म कतारमा हुँदैछ । जसको विजेता टोली नेपाल आउने छ ।

विश्वकप छनोटका सेमिफाइनलमा विजेता दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–ट्वान्टी विश्वकप खेल्न पाउनेछन् ।

घरेलु मैदानको फाइदा उठाउदै नेपाल दोस्रो पटक विश्वकपमा पुग्ने सम्भावना प्रबल छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ