सुमो दुर्घटना हुँदा ८ जना घाइते



काठमाडौं – बाराबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बुधबार बिहान ८ बजे जितपुर सिमरा उपमहानगरपालिका–२१ पूर्वपश्चिम लोकमार्ग सडकखण्ड अमलेखगंजमा गाडी दुर्घटना हुँदा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, निजगढबाट काठमाडौं आउँदै गरेको ना १ ज ३८४७ नम्बरको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।

घाइते हुनेहरुमा निजगढ–८ का २० वर्षीय विकासकुमार चौधरी, ६४ वर्षीय नेथुलाल चौधरी, उनकी ६३ वर्षीया श्रीमती सजियादेवि चौधरी, १७ वर्षीय आदित्य भण्डारी, ३० वर्षीया सुमित्रा पौडेल र उनका ८ वर्षीय छोरा सारान्स न्यौपाने घाइते रहेका छन् ।

यस्तै, जितपुर सिमरा उपमहानगर–१६ पुलिवा बस्ने ३१ वर्षीय आरती तामाङ र सिन्धुली दुधौली नगर–९ का ७ वर्षीय किसान पोखरेल घाइते छन ।

उनीहरूको एल.एस.न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुमो चालक निजगढ नगरपालिका–९ बस्ने ३७ वर्षीय दिलबहादुर मगरलाई पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ