नक्कली नियुक्तिपत्र बनाउने जिल्ला शिक्षा अधिकारी र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादव र धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मण्डलले नक्कली नियुक्तिपत्र बनाएर यादवलाई विद्यालयमा पदस्थापन गरेको पुष्टि भएको जनाउँदै अख्तियारले मंगलबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा यादवले भानु उच्च माध्यामिक विद्यालयको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाई सोही नक्कली नियुक्तिपत्रको आधारमा राम जानकी प्राथमिक विद्यालय, कटरैतमा पदस्थापना भई सुविधा लिएको अख्तियारले जनाएको छ ।

साविक जिल्ला शिक्षा कार्यालय धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले यादवको शिक्षक पदको नक्कली नियुक्तिपत्र बनाउन सघाएको अख्तियारको भनाइ छ ।

नियुक्ति नै नभएको र अभिलेखीकरण नै नभएकी यादवलाई स्थायी शिक्षकको पदस्थापना गर्ने क्रममा कनिष्ठताको आधारमा भानु उच्च माध्यमिक विद्यालयबाट विस्थापित गर्ने एवं लगत्तै राम जानकी प्राथमिक विद्यालयमा पदस्थापना गर्ने कार्य मण्डलले गरेको ठहर अख्तियारको छ ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

बारा – बारामा बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा

काठमाडौँ – आइतबार प्रेस काउन्सिल नेपालले कर्मचारीहरुलाई सार्वजनिक विदा दिएको छ । शनिबार काउन्सिलको ५४ औं वार्षिकोत्सव सम्पन्न भएसँगै कर्मचारी

हेटौंडा – लागूऔषध गाँजा सहित सर्लाहीको बागमतीबाट एक दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती नगरपालिका–३ जिरायत बस्ने ५८ वर्षीय