किसान महासंघले राेप्याे हरेलाे



हेटौंडा – अखिल नेपाल किसान महासंघकाे आयाेजनामा हरितालिका तीज चाैथीकाे दिन हरियालाे राेप्ने कार्य भएकाे छ । आज हेटाैँडा १७ लक्ष्मीपुरमा लक्ष्मण खुलालकाे खेतमा हरेलाे राेपिएकाे हाे ।

हरेलाेकाे रूपमा भलायाेकाे हाँगा खेतकाे बीचमा राेपेर, हाँडि झुड्याउने र हाँडिमा भुस हाल्ने, भुसमा आगाे लगाएर धुँवा उडाउने र हरेलाेकाे वरिपरि मास छर्दा धानमा लाग्न सक्ने विभिन्न राेग नलाग्ने, धानलाई मुसा, किराबाट बचाउने बैज्ञानिक मान्यता रहेकाे स्थानीय किसान भैरव राईले बताउनु भयाे । यस्ताे परम्परा राई समुदायबाट शुरू भएकाे र पछि अन्य समुदायले पनि हरिलाे राेप्ने गरेकाे राईले बताउनु भयाे । अर्का स्थानीय किसान कुवेरप्रसाद खतिवडाले २०५८ सालसम्म आफैँले राेपेकाे र बिस्तारै याे परम्परा हराउदै गएकाे बताउनु भयाे । उहाँले खेतकाे मूल फाँटमा हरेलाे राेपेर पूजा गर्ने परम्परा रहेकाे बताउनु भयाे ।  नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले यस्ता परम्परागत मान्यताहरू साँस्कृतिक रूपमा मात्र हाेईन बैज्ञानिक मान्यताहरू रहेकाेले साँस्कृतिकाे संरक्षण गर्दै यसबारे थप खाेज अनुसन्धान हुनुपर्नेमा जाेड दिनुभयाे ।

अखिल नेपाल किसान महासंघका बाग्मती प्रदेश कमिटीका अध्यक्ष एकराज उप्रेतीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य कमल विष्ट, जिल्ला सचिव नवीन सिग्देल, जिल्ला सदस्य कृष्ण राई, पार्टी वडा अध्यक्ष लक्ष्मण खुलाल, क्यूपेक नेपालका जिल्ला अध्यक्ष प्रल्हाद राईलगायतकाे उपस्थिति रहेकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौँ, १६ असोज / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘विद्युत विधेयक,

काठमाडौं – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । प्रहरीले सिरहाको

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । सार्वजनिक साइत अनुसार, असोज २८ गते