स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता, आजदेखी नियमित काम



हेटौंडा – केही दिन अघि हेटौंडाको सन्चो अस्पताल प्रालिमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारी माथी भएको सामूहिक आक्रमण तथा कुटपिटको विषयमा देशभर आकस्मिक स्वास्थ्य सेवा बाहेक अन्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले आज सोमबारदेखी नियमित सेवा प्रदान गरिने भएका छन् ।

चिकित्सक संघ र सरकारबीच ६ बुँदे वार्ता सहमति पश्चात आन्दोलनका कार्यक्रमहरु फिर्ता गरिएको हो । आजबाट देशभर सहित मकवानपुरमा पनि सम्पूर्ण स्वास्थ्य सेवा सुचारु रहने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला प्रसाद चौलागाईले बताए ।

सरकारसँग कारवाहीको माग गर्न चिकित्सक संघले खेलेको भूमिकालाई धन्यवाद भन्दै अध्यक्ष चौलागाई भन्छन्, ‘आन्दोलनका कार्यक्रम फिर्ता भएपनि स्वास्थ्यकर्मीहरुले बिरोध स्वरूप हातमा कालो पट्टि लगाई दोषी हरुलाई पूर्ण रुपमा नियमअनुसार पाउने सजाय नदिएसम्म हाम्रो आन्दोलन जारी रहने छ ।’  दोषीलाई कारवाही नगरे यो भन्दा शसक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिएको चौलागाईले बताए ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं। अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण

तातोखबर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद