एकिकृत ग्रामिण विकास समाजको साधारण सभा सम्पन्न



महोत्तरी – एकीकृत  ग्रामिण विकास समाज, महोत्तरीको २९ औं वार्षिक साधारण सभा आज भाद्र २८ गते एक कार्यक्रमका बीच बर्दिबासमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्नु हुँदै संघीय सभासद् माननीय श्याम कुमार घिमिरेले भौतिक विकास भन्दा मानवीय विकास महत्वपूर्ण भएको बताउनुभयो ।
समुदायको विकास र सशक्तिकरणमा संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु हुँदै घिमिरेले भन्नुभयो “अति विपन्न वर्ग र पहुँच बाहिर रहेका समुदाय, वर्गको उत्थान गरी राष्ट्रको समग्र विकासमा योगदान गर्नुपर्छ ।”
सोही अवसरमा बोल्नु हुँदै इलाका प्रशासन कार्यालय बर्दिबासका कार्यालय प्रमुख सुनिल शर्मा पौडेलले गैरसरकारी संस्थाहरु सरकारको सहयोगी भएकोले सरकार नपुगेको समुदाय र क्षेत्रमा काम गर्नु पर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा संस्थाका सचिव सरोज कुमार चौधरीले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाको क्रियाकलाप तथा उपलब्धीहरु प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका आजिवन सदस्य, साधारण सदस्य, कर्मचारी, सरोकारवाला तथा शुभेच्छुक समेतको सहभागितामा सम्पन्न भएको उक्त साधारण सभाको अध्यक्षता संस्थाको उपाध्यक्ष फुलमाया घिसिङले गर्नुभएको थियो भने स्वागत मन्तब्य निवर्तमान सचिव उमेश न्यौपानेले गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद

तातोखबर, काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी

तातोखबर, काठमाडौं / नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट