दाहसंस्कारका लागि विदेशबाट आईपुगे नेम्वाङको दुवै छोराहरु



ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को पार्टी कार्यालयमा बुधबार संविधानसभाका अध्यक्ष एवम नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिक शरिरमा श्रध्दाञ्जलि अर्पण गर्दै जेठो छोरा मेङ्सो नेम्वाङ । तस्बिरः चन्द्रकला क्षेत्री / रासस

काठमाडौं, २७ भदौ / दिवाङ्गत एमाले नेता एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको भोली हुने दाहसंसकारका लागि विदेशमा रहेका उनका दुवै छोराहरु नेपाल आईपुगेका छन् । आफ्नो बुबाको अन्तिम संस्कारका लागि लागि बेलायतमा रहेका जेठा छोरा आज र अष्ट्रेलियामा रहेका कान्छा छोरा हिजो नै नेपाल आईपुगेका हुन् ।

स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् र उनको परिवार नै बेलायतमा बसोबास गर्दै आएका छन् । नेता नेम्वाङ्का अविवाहित कान्छा छोरा सुहाङ घुमघाका लागि केही दिनअघि मात्र अष्ट्रेलिया पुगेका थिए । उनले यता बुबाको आकस्मिक देहान्त भएको खबर सुन्ने वितिक्कै आफ्ने भ्रमण रद्द गरेर नेपाल फर्किएको परिवार श्रोतले जानकारी दिएको छ ।

नेता स्वर्गीय सुवास नेम्वाङको हृदयघात हुदा उनकी श्रीमति र दुई छोरीहरू मात्रै घरमा रहेका थिए । छोरीहरूले उनलाई अस्पताल पुर्याएका हुन । विदेशबाट नेपाल फर्किएका दुवै छोराहरुले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

हिन्दु र लिम्बु परम्परा अनुसार दिवाङ्गत नेम्वाङको दाहसंस्कार भोलि पशुपति आर्यघाटमा ११ बजे राजकीय सम्मानका साथ हुने कार्यतालिका समेत सार्वजिन भइसकेको छ । सरकारले नेम्वाङको राजकीयसम्मानका लागि अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । भोलि उनको निधनको शोकमा सार्वजनिक विदासमेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं। अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण

तातोखबर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद