भारत र पाकिस्तानबीचको खेल साढे २ बजे बाट सुरु



babar-rohit

काठमाडौं, तातोखबर / एसिया कप सुपर फोरअन्तर्गत भारत र पाकिस्तानबीचको खेल आज हुने भएको छ। स्थानीय समय अनुसार खेल साढे २ बजे सुरु हुनेछ। आइतबार खेल वर्षाका कारण रिजर्भ डे मा हुन लागेको हो ।

आज हिजो रोकिएकै स्थितिबाट खेलले निरन्तरता पाउने छ । श्रीलंकाको कोलम्बोमा पाकिस्तानले पहिले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको भारतलाई कप्तान रोहित शर्मा र शुभ्मन गिलले उत्कृष्ट सुरुवात दिलाएका थिए।

यी दुईले पहिलो विकेटका १६ दशमलब चार ओभरमा १ सय २१ रनको साझेदारी गरेका थिए। पहिलो पावर प्लेमा पाकिस्तानी बलर विकेटविहीन रहे। साहिन साह अफ्रिदीले पहिलो ओभरमा सुरुवातका पाँच बल डट फालेका थिए। तर अन्तिम बलमा रोहितले छक्का प्रहार गर्न सफल भए । यो भन्दा अघिसम्म साहिनलाई अन्तराष्ट्रिय क्रिकेटमा पहिलो ओभरमा कुनैपनि ब्याटरले छक्का हिर्काएका थिएनन्। महँगा सावित भएका साहिनले आफ्नो सुरुवाती तीन ओभरमा ३१ रन खर्चिएका थिए।

१८ औं ओभरमा सदाव खानले रोहतिलाई आउट गर्दै ओपेनिंग साझेदारी तोडे। रोहितले ४९ बलमा ५६ रन बनाएर पविलियन फर्किए । उनी एसिया कपमा पाकिस्तानविरुद्ध सर्वाधिक ६ अर्धशतक बनाउने खेलाडी बनेका छन्। ओडीआई करियरमा उनको यो ५० औं अर्धशतक हो।

५८ रनमा गिल अफ्रिदीको बलमा मैदान बाहिरिए। भारत २४ ओभर एक बलमा दुई विकेट गुमाएर १ सय ४७ रनको स्थितिमा रहँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि खेल सुरु हुन सकेन र रिभर्ड डे मा हुने निश्चित भयो।

आज ८ रनमा खेलिरहेका विराट कोहली ८ र १७ रन बनाएका के एल राहुलले बाँकी इनिङस लाई अघि बढाउनेछन्।

जारी एसिया कपमा भारत र पाकिस्तान दोस्रो पटक आमने सामने भएका छन् । पहिलो समूह चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

बारा – बारामा बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा

काठमाडौँ – आइतबार प्रेस काउन्सिल नेपालले कर्मचारीहरुलाई सार्वजनिक विदा दिएको छ । शनिबार काउन्सिलको ५४ औं वार्षिकोत्सव सम्पन्न भएसँगै कर्मचारी

हेटौंडा – लागूऔषध गाँजा सहित सर्लाहीको बागमतीबाट एक दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती नगरपालिका–३ जिरायत बस्ने ५८ वर्षीय