१६ औं योजना ल्याउदा आन्तरिक उत्पादन र रोजगार बढाउनमा जोड
काठमाडौँ, २४ भदौ / राष्ट्रिय योजना आयोगले अब योजना अर्थात १६ औं योजना ल्याउदा आन्तरिक उत्पादन र रोजगार बढाउने तयारीका साथ ल्याउन नेपाल उद्योग परिसङ्घले सुझाव प्रतिवदेन पेश गरेको छ । परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई उक्त सुझाव प्रतिवेदन बुझाएका हुन् ।
अध्यक्ष अग्रवालले उक्त सुझाव प्रतिवेदन बुझाउदै आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न आग्रह गरे । नेपाल उद्योग परिसङ्घका सुझावमा सोह्रौँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयबारे परिसङ्घले गरेको अध्ययनसहितको प्रतिवेदन भएको र यो सुझाव प्रतिवेदनलाई राष्ट्रिय योजना आयोगले मनन् गर्नेमा परिसङ्घ विशस्त रहेको जानकारी दिए ।
सो अवसरमा अध्यक्ष अग्रवालले १६औँ योजना औद्योगिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिदै अध्यष अग्रवालले औद्योगिक विकासमा केन्द्रित हुन एकीकृत औद्योगिक विकास रणनीति बनाउनुपर्ने, उद्योगहरूका लागि जग्गाको सिलिङ तोक्न नहुने, नीतिगत स्थायित्व र अनुमान गर्न सकिने तथा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन ‘मेक इन नेपाल स्वदेशी अभियान’को प्रवद्र्धन गरिनुपर्नेमा आयोगको ध्यानाकर्षणसमेत गराएका थिए ।
नेपाल उद्योग परिसङ््घको सुझाव प्रतिवेदनमा गुणस्तरीय पूर्वाधार विकासका लागि न्यून बोलकबोललाई आधार मानेर आयोजना दिन नहुने, सीमा क्षेत्रमा हुने अवैध कारोबारलाई नियन्त्रण गरिनुपर्ने, नेपालको निर्यात प्रवद्र्धन गर्न विभिन्न मुलुकसँग दोहोरो करमुक्त सम्झौता गर्नुपर्ने, रोजगारमूलक सीप विकासलाई उच्च प्राथमिकतामा राख्नु पर्ने बुँदाहरु समेटिएका छन् ।
परिसङ्घको सुझाव ग्रहण गर्दै योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठले नयाँ आवधिक योजनामार्फत सरकारको नीति उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित हुन खोजेको बताए । उत्पादन बढेमात्रै आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन सकिने भएकाले आगामी योजना यसमै केन्द्रित हुने उनको भनाइ छ । सरकारी नीति तथा योजना बनाउँदा निजी क्षेत्रको समेत प्रभावकारी सहभागिता खोजिएकाले १६औँ योजना तर्जुमा गर्दा नेपाल उद्योग परिसङ्घले मेहनतका साथ अध्ययन गरेर दिएको सुझाव महत्त्वपूर्ण हुने बताए ।
नयाँ आवधिक योजनाबारे परिसङ्घले अध्ययन गरेरै योजना आयोगले माग गरेको ढाँचामा १४ वटा परिच्छेदमा ४९ पृष्ठको विस्तृत सुझाव आयोगसमक्ष पेस गरेको हो । सुझाव हस्तान्तरण कार्यक्रममा आयोगका सदस्य डा. रामकुमार फुयाँल, सचिव डा. तोयनारायण ज्ञवाली, परिसङ्घका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक दीपकराज जोशीलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय