नगदसहित पाँच जुवाडे पक्राउ



arrested

मङ्गलबार बेलुका सिमकोट गाउँपालिका– ५ को बजार क्षेत्रको एकजनाको घरबाट जुवाको खालबाट पाँचजनालाई नगदसहित प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले मारेको छापाबाट नगदसहित जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले मङ्गलबार बेलुका जुवाको खालबाट पाँचजना जुवाडे र नगद एक लाख ६३ हजार ३४५ रुपियाँ नियन्त्रणमा प्रहरी लिन सफल भएको बताए ।

जुवा खेली रहेको सूचना प्रहरीले जानकारी पाएपछि प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको नेतृत्वमा गएको प्रहरीको टोलीले नगद र जुवाडे नियन्त्रणमा लिएको हो ।

प्रहरीले जुवा खालबाट जुवाडे, नगद, मोबाइल र बिच्छाइएका कपडासमेत नियन्त्रणमा लिएको छ ।  प्रहरी नियन्त्रणमा लिएका जुवाडेको नाम अहिले गोप्य राखिएको भए पनि चाँडै सार्वजनिक गरिने प्रहरीले जनाएको छ । नियन्त्रण रहेका जुवाडेविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारीसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

तातोखबर, म्याड्रिड। स्पेनिस ला लिगा फुटबलमा शनिवार राती साबिक विजेता बार्सिलोनाले सेल्टा भिगोलाई ३-२ गोलले हराएको छ । अन्तिम १०

बारा – बारामा बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा

काठमाडौँ – आइतबार प्रेस काउन्सिल नेपालले कर्मचारीहरुलाई सार्वजनिक विदा दिएको छ । शनिबार काउन्सिलको ५४ औं वार्षिकोत्सव सम्पन्न भएसँगै कर्मचारी