पश्चिमी क्षेत्रमा ठूलो वर्षाको सम्भावना, आज र भोलि लगातार पानि पर्ने



४ भाद्र, काठमाण्डौ । गए राति देखि नै देशका धेरै ठाउँमा पानी परिरहेको छ भने केही ठाउँमा अहिले रोकिए पनि फेरि पानी पर्ने मौसमविद् ले जनाएका छन् । उनका अनुसार मनसुन सक्रिय भएसँगै भारतको उत्तर मध्यप्रदेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ ।

मनसुनको न्यून चापीय प्रणाली पनि सरदर स्थानभन्दा माथितिर सरिरहेकाले आज र भोलि लगातारजसो पानी पर्ने सम्भावना छ । कँडेलका अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । दिउँसो कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने उनले बताए । उनका अनुसार आज राति पश्चिमी क्षेत्रमा अति ठूलो पानी पर्ने सम्भावना छ ।

राति गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा अति ठूलो पानी पर्ने मौसमविद्को अनुमान छ । अन्य क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरोको जोखिम समेत रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । यी प्रदेशका नदी तथा खोलामा बाढीको चेतावनी पनि दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं। अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण

तातोखबर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद