NTC App - Ad

राष्ट्रियसभाको बैठक सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची

२८ असार, काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान १० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई प्रस्तुत गर्नेछन् ।

Advertisement:

आजै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० पारित गर्न प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :