
कोशी प्रदेशसभाको तेस्रो अधिवेशन सुरु भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि यो अधिवेशन आह्वान गरिएको हो।
प्रदेश सरकारले आजै विश्वासको मत सम्बन्धि प्रस्ताव सदनमा प्रस्तुत गर्ने तयारी भएको छ। अधिवेशनको पहिलो बैठकमा अध्यादेश टेबल गर्नुपर्ने सवैधानिक प्रावधान छ। सरकारले भने पहिले विश्वासको मत लिने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।
एमाले र राप्रपाले आफ्ना सासदलाई विश्वासको मतको पक्षमा उभिन निर्देशन दिएका छन् भने विपक्षीले विपक्षमा उभिन निर्देश गरेका छन् ।
सत्ता साझेदार माओवादी केन्द्र र जसपाले सरकार छाडेर अल्पमतमा परेपछि सरकारले जेठ ३१ मा चल्दाचल्दैको बर्खे अधिवेशन अन्त्य गरेको थियो। जेठ ३२ अध्यादेशमार्फत बजेट ल्याएको थियो।
सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनैपर्ने सवैधानिक प्रावधान भएकाले जेठ १७ मा जसपा र जेठ २३ मा माओवादीले सरकार छाडेका थिए।
जनता समाजवादी पार्टी र माओवादी केन्द्रले पदेश सरकारबाट समर्थन फिर्ता लिएपछि ९३ सदस्यीय प्रदेशसभामा सरकारको समर्थनमा सत्तारूढ एमालेका ४० र राप्रपाका ६ गरी ४६ मात्र सांसद छन् । प्रतिपक्षमा कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना गरी ४७ सांसद छन्। तर, यो संख्यामा सभामुखलाई जोड्न नमिल्ने एमाले दाबी रहेको छ। सभामुख माओवादी सासद हुन।