बागमती प्रदेशसभाको पाँचवटा विषयगत समिति निर्माण



bagmati-pradesh-shabha

हेटौँडा । बागमती प्रदेशसभाको पाँचवटा विषयगत समिति निर्माण भएका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा प्रदेशसभा सभामुख भुवन पाठकले समितिमा रहने सभासदहरुको नाम पढेर सुनाएका थिए ।

समितिको विषयमा सबै दलले समर्थन गरेका छन् । प्रदेश सभामा रहने प्रदेश मामिला समिति, उद्योग पर्यटन वन तथा वातावरण समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति निर्माण भएका छन् ।

दलीय भागवण्डामा कुरा नमिल्दा विषयत संसदीय समितिहरू गठन हुन सकेका थिएनन् । मंगलबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल गर्न बोलाइएको प्रदेशसभा बैठकबाट एकै पटक प्रदेशसभाका ५ वटा संसदीय समिति गठन भएका छन् ।

प्रतिपक्षले समिति गठनमा दबाब दिँदासमेत भागवण्डा नमिल्दा सत्ता पक्षले समिति गठनमा चासो देखाएको थिएन । बजेट पास गर्नुपर्ने बाध्यतामा रहेको सरकारले भागवण्डा मिलाएर मंगलबार समिति गठनको बाटो खुला गरेको थियो ।

यसअघि माघ तेस्रो हप्तामा बसेको प्रदेशसभा बैठकबाटै संसदीय समिति गठन गर्ने तयारी थियो । सभामुख भुवनकुमार पाठकले सहमति जुटाउन प्रयास गरे पनि दलहरूबीच भागवण्डाको कुरा मिल्न सकेको थिएन ।

bagmati-province-subject-wise-committee-formation1bagmati-province-subject-wise-committee-formation



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौँ, १६ असोज / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘विद्युत विधेयक,

काठमाडौं – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । प्रहरीले सिरहाको

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । सार्वजनिक साइत अनुसार, असोज २८ गते