पोखरा: निजी विद्यालय अनुमतिमा बढ्यो दस्तुर



student-writing

पोखरा,तातोखबर । पोखरा महानगरले संस्थागत विद्यालयको पूर्वप्राथमिक तथा मन्टेश्वरी तहको कक्षा सञ्चालन अनुमति दस्तुर बढाउने भएको छ। चालु आर्थिक वर्षमा १० हजार रुपैयाँ लिँदै आएको महानगरले आगामी आर्थिक वर्षदेखि १२ हजार रुपैयाँ पुर्‍याएको हो ।

त्यस्तै, संस्थागत विद्यालयतर्फ नै आधारभूत तहको अध्यापन अनुमतिका लागि १५ हजार रुपैयाँ शुल्क तोकेको छ। यसअघि महानगरले १२ हजार रुपैयाँ लिँदै आएको थियो।

संस्थागत विद्यालयतर्फ नै ९ र १० कक्षा अनुमति दस्तुरमा पनि महानगरले शुल्क वृद्धि गरेको छ। यसअघि अनुमति शुल्क १५ हजार रुपैयाँ लिँदै आएको महानगरले आगामी आर्थिक वर्षदेखि २० हजार रुपैयाँ लिने नियम बनाएको हो।

त्यस्तै, कक्षा ११ र १२ सञ्चालन अनुमति दस्तुरमा महानगरले आगामी आर्थिक वर्षदेखि ३० हजार रुपैयाँ लिने भएको छ। यसअघि ती कक्षा सञ्चालन अनुमतिका लागि २५ हजार रुपैयाँ लिँदै आएको थियो।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ