भारतमा उपचार सकेर फर्किए सांसद डा. चन्द्र भण्डारी



काठमाडौं, १७ वैशाख / भारतमा अढाई महिनासम्मको उपचारपछि प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । सांसद भण्डारी आईतवार अपरान्ह काठमाडौ उत्रिएका हुन् ।

काठमाडौंको बुद्धनगर स्थित आफ्नै निवासमा ग्यास चुहावटका कारण भएको आगलागीमा जलेर गम्भीर घाइते भएका सांसद भण्डारी अडाई महिनासम्म भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टर अस्पतालमा उपचारपछि आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । काठमाडौंमा प्रवेश गरेपछि आमसञ्चारकर्मीहरु र शुभेच्छुकहरुको उपस्थितिलाई सम्बोधन गर्दै सांसद डा. भण्डारीले आगलागीका घटना र आगलागीपछिको मुत्युदर न्युनीकरणका लागि विशेष रुपमा काम गर्ने आफ्नो इच्छा भएको बताए ।

आफ्नो उपचारमा सहयोग गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिदै सांसद डा. भण्डारीले आगामी दिनमा आगलागीबाट हुने घटनाहरु कम गर्न नीति निर्माण तहमा वा अन्य कुनै पनि ढंगले योगदान गर्न सके स्वर्गीय आमाका लागि श्रद्धाञ्जली हुने धारणा ब्यक्त गरे ।

आमसञ्चारकर्मीहरु र शुभेच्छुकहरुसँगको उक्त भेटमा नेपाली कांग्रेसका नेता डा. भण्डारीले विदेशमा उपचार गर्न जाने आफ्नो चाहना नभएको तर चिकित्सकहरुले यहाँ सम्भव नहुने देखेर भारत लैजान सिफारिस गरेको पनि जानकारी दिए । सांसद डा.भण्डारीले आगामी दिनमा आगलागीमा परेका नेपालीको उपचार गर्न सक्ने पूर्वाधार र जनशक्ति नेपालमै तयार गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौं, १५ जेठ / सरकारले आगामी आर्थिक वर्ष२०८०/०८१ को वार्षिक बजेट घोषणा गरेको छ । सोमवार अर्थमन्त्री डा. प्रकाशसरण महतले

काठमाडौं तातोखबर । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई आज बिहान

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर विदेश पलायन हुनेको संख्या बढ्दै गएको छ