जीवन बिमा कम्पनीलाई ५ अर्ब चुक्तापुँजी वृद्धि गर्न निर्देशन



nepal-insurance-authority

काठमाडौं । नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनीलाई २ अर्बबाट ५अर्ब रुपैयाँ चुक्तापुँजी पु¥याउन निर्देशन दिएको छ भने निर्जीवन बिमा कम्पनीलाई १ अर्बबाट २ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पु¥याउन निर्देशन दिएको छ ।

नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई चैत मसान्तसम्म पुँजी वृद्धि गर्न निर्देशन दिएको भए पनि तोकिएको समयमा पुँजी वृद्धि गर्न नसकेपछि बिमा कम्पनीहरूलाई असारमसान्तसम्म समय थप गरिएको हो ।पुँजी वृद्धि गर्न जीवन बिमा कम्पनी र निर्जीवन बिमा कम्पनीहरू धमाधम एक आपसमा मर्जरमा गइरहेका छन् ।

पुँजी कायम नगरेका बिमा कम्पनीको असार मसान्तसम्मको वित्तीय विवरणलाई हेरेर आवश्यक कदम चाल्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले कतिपय बिमा कम्पनीहरूले पुँजी वृद्धि गर्न योजना पनि प्राधिकरणमा पेस नगरेको बताए ।

हालसम्म नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी र राष्ट्रिय बिमा संस्थानले पुँजी कायम गर्न सकेका छैनन् । हाल पुँजी पु¥याउनकै लागि पाँच जीवन बिमा कम्पनी र चार निर्जीवन बिमा कम्पनी मर्जर प्रक्रियामा छन् ।
मर्जरमा रहेका जीवन बिमा कम्पनीमा युनियन लाइफ, प्राइम लाइफ, गुराँस लाइफ, महालक्ष्मी लाइफ र प्रभु लाइफ इन्स्योरेन्स रहेका छन् । युनियन, प्राइम र गुराँस सामान हैसियतमा मर्जरमा जान लागेका हुन् । मर्जरपछि यी कम्पनीको चुक्तापुँजी बिमा प्राधिकरणले तोकेकोभन्दा बढी पुग्नेछ ।

त्यस्तै, अजोड र युनाइटेड, प्रुडेन्सियल र आईएमई जनरल एक आपसमा मर्जरमा जाने प्रक्रियामा छन् ।
हालसम्म चारवटा जीवन बिमा कम्पनी मर्ज भएर एकीकृत कारोबार पनि सुरु गरेका छन् । जसमध्ये सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी मर्जरमा गएर पुस ७ गतेदेखि एकीकृत कारोबार गरेका छन् । त्यस्तै, सानिमा लाइफ र रिलायन्स लाइफले पनि चैत ९ गतेदेखि एकीकृत कारोबार गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौं, १५ जेठ / सरकारले आगामी आर्थिक वर्ष२०८०/०८१ को वार्षिक बजेट घोषणा गरेको छ । सोमवार अर्थमन्त्री डा. प्रकाशसरण महतले

काठमाडौं तातोखबर । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई आज बिहान

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर विदेश पलायन हुनेको संख्या बढ्दै गएको छ