‘युएनएफपीए’को पछिल्लो तथ्यांकअनुसार भारतमा चीनभन्दा २९ लाख बढी जनसङ्ख्या



india-population

भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ। संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष ‘युएनएफपीए’को पछिल्लो तथ्यांकअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो।

युएनएफपीएको ‘द स्टेट अफ वर्ल्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसङ्ख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसङ्ख्या एक अर्ब ४२ करोड  ५७ लाख रहेको उल्लेख गरिएको छ। युएनएफपीएको प्रतिवेदनको जनसाङ्ख्यिक सूचकमा यो तथ्यांक समावेश गरिएको छ।

सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसङ्ख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो। गत वर्ष चीनको जनसङ्ख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्योभने सोही अवधिमा भारतको जनसङ्ख्यामा बढोत्तरी भएको छ।

प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ। चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष छ।

विज्ञहरूका अनुसार भारतलाई अहिले जनसाङ्ख्यिक लाभ भएको छ। उपभोक्ता सञ्चालित अर्थतन्त्रमा युवा जनसङ्ख्याको अधिकताले देशको विकासलाई अघि बढाउन मद्दत गर्नेछ भने देशको आर्थिक वृद्धिका लागि पनि ठूलो अवसर प्रदान गर्नेछ। देशलाई आन्तरिक खपतका निम्ति श्रमिक आपूर्तिमा समस्या नहुने हुनाले बाह्य समस्याबाट पनि भारतलाई जोगिन सहज हुनेछ। कोभिड-१९ को महामारीका बेला यो वास्तविकता उजागर भइसकेको छ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौं, १५ जेठ / सरकारले आगामी आर्थिक वर्ष२०८०/०८१ को वार्षिक बजेट घोषणा गरेको छ । सोमवार अर्थमन्त्री डा. प्रकाशसरण महतले

काठमाडौं तातोखबर । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई आज बिहान

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर विदेश पलायन हुनेको संख्या बढ्दै गएको छ