रामेछापमा सवारी दुर्घटनाहुँदा ५ जनाको मृत्यु



रामेछाप, २४ चैत्र / रामेछापमा सवारी दुर्घटना हुँदा ५ जनको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका–७ कौछिनीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी सडकबाट करिब १ सय ५० मिटर तल खस्दा सवाररत यात्रुहरुमध्य ४ जनाको मृत्यु भएको १० जना घाईते भएकोमा एक जनाको अस्पताल लैजानेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयले आमसञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी अस्पतालमा पठाईएको छ । प्राप्त समाचारमा मृतक सबैको सनाखत भएको जनाईएको छ । जसमा मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ रहेका छन् ।
कौछिनीका ५० वर्षीय चालक दलबहादुर आलेमगरको उपचारको क्रममा मृत्यु भएको र उनको मन्थली अस्पतालमा मृत्यु भएको बताईएको छ । अन्य घाइतेको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

अमेरिका, १६ मंसिर / विश्वभर आर्थिक मन्दिको प्रभाव बढीरहेको बेला व्यवसायीहरु चनाखो हुनु पर्नेमा अमेरिकामा बसोबास गर्ने नेपालीले बीमा सुरक्षा

पालुङ, ०९ असोज / बीमा कम्पनी एल.आई.सी नेपालको एउटा स्थानीय शाखाका एक बीमा अभिकर्ता एक वर्षमै एक सयभन्दा बढी वीमित

काठमाडौं, ६ चैत्र / आर्थिक सुरक्षाका लागि प्रभावकारी सेवा प्रणाली बीमा प्रणाली मानिन्छ, त्यहि बीमा सेवा प्रणालीमा आबद्ध संस्थाहरुप्रति भरोषा