NTC - FTTH

पं.ज्यो. तोयानाथ अर्यालको आत्म बृतान्त सार्वजनिक

Meri Uni Lai - Global IME Bank

काठमाडौं, ६ चैत्र । मानव जीवनमा कति के खालका विपत्ती आउन सक्छन् त कति बेला कस्ता सुखद समय आउन सक्छ ? यसको अनुमान सजिलै लगाउन असम्भव हुन्छ भन्ने शब्दहरुको एउटा माला जिन्दगीका पानाहरु’ केहि दिन अगाडि सार्वजनिक भएको छ । पञ्चाङ्ग ज्योतिष तोयानाथ अर्यालले लेखेका उक्त पुस्तक सुखद भविष्य खोजकर्ता र धैर्यताका सार्थ आगाडि प्रेरिणादायी सुत्रको रुपमा उक्त पुस्तक लेखिएको हो ।

आफ्नो जीवन भोगाई र ज्योतिषाचार्य कर्मबाट प्राप्त अनुभवलाई पठनीय सामाग्रीका रुपमा तयार पारिएको उक्त पुस्तक चैत्र २ गते विहिवार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा सार्वजनिक गरियो । प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमूख आतिथ्यतामा आयोजना गरिएको सो पुस्तक विमोचन समारोहमा विभिन्न साहित्यकार, आख्यानकार तथा बुद्धिजिवीहरु एवं पत्रकारहरुको पनि सहभागिता रह्यो ।

Advertisement:

धादिङका ज्यो.पं. तोयनाथ अर्ज्यालको ९० औँ जन्मदिवसको उपलक्ष्यमा आफ्नो आत्मवृत्तान्त “जिन्दगीका पानाहरू“ को ल्याईएको पनि उक्त पुस्तकका प्रकाशक दामोदर अर्यालले बताएका छन् । चैत्र २ गते लोकार्पण समारोह नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले विमोचित कृतिमाथि टिप्पणी गर्दै “जिन्दगीका पानाहरू” मानव जीवनमा आइपर्ने थरी थरीका कथा–व्यथा, हाँसो–रोदन, सदाशय, सद्विचार, उत्प्रेरणा, हौसला, आरोह–अवरोह आदिले भरिपूर्ण रहेको अभिब्यक्ति दिएको पनि प्रकाशक अर्यालले तातोखबरलाई जानकारी दिएका छन् ।

त्यस्तै उक्त कृति लेखक ज्यो.पंं. अर्यालको जीवनका कथा–व्यथाले मात्र भरिएको नभई वर्तमान र भावी पिँढीलाई समेत प्रेरणादायी र ज्ञानवर्द्धक सामग्रीयुक्त रहेको धारणा अन्य बक्ताहरु ब्यक्त गरेका थिए । २६ खण्ड र ६४ उपखण्ड बिभाजित आत्मवृत्तान्त “जिन्दगीका पानाहरू“ सरल भईकन सरस भाषाशैलीमा लेखिएको यो संस्मरण नेपाली साहित्यको मूल्यवान् सम्पत्तिका रूपमा सुरक्षित हुने, वर्ण–विन्यास विज्ञानलाई पालना गर्दै लेखिएको यस पुस्तकले प्रत्येक पाठकलाई प्रसन्न पार्ने धारणा समेत बक्ताहरुको थियो ।

आफ्नो जन्मथलो र वरपरका गाउँहरुमा समेत शिक्षाको जग बसाल्न योगदान पु¥याएका लेखकले धादिङको नलाङ, सांकोसदेखि नर्वे र अमेरिकासम्मको सजीव चित्र उतारेको साथै उनैसँग कृषि, प्रविधि, प्रशासन, अध्यापन र ज्योतिष–शास्त्र समेतको गहिरो ज्ञान तथा अनुभव रहेको स्पष्ट सूचना दिने यस पुस्तकले इतिहास विधामा समेत प्रभाव पार्ने धारणा टिप्पणीकर्ताहरूको रहेको थियो ।

समारोहमा प्राज्ञ सदस्य एवम् युवा आख्यानकार अमर न्यौपाने, प्रा. डा. रामचन्द्र लम्साल, “नेपाली भाषा बचाऔँ अभियान“ का अभियन्ता डा. बलदेव शर्मा अधिकारी, लोकप्रिय सञ्चारकर्मी एवम् कवि डा. नवराज लम्साल र पूर्व प्रशासक राममणि दुवाडी .सामुदायिक रेडियो प्रसारक संघका निबर्तामन अध्यक्ष सुवास खतिवडाको विशेष अतिथिका रूपमा रहेका थिए ।

“जिन्दगीका पानाहरू” को लोकार्पण समारोहको सर्जकका पुत्रहरु टीकानाथ अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए । समारोहमा आमन्त्रित पाहुनालाई स्वागत मन्तव्य आफैंले गरेको र अर्का भाई लेखनाथ अर्यालले धन्यवाद ज्ञापन गरेको पनि प्रकाशक दामोदर अर्यालले बताए ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra