
तातोखबर सम्वाददाता
ताप्लेजुङ, २ चैत्र । ताप्लेजुङ जिल्लाको फूङलिङ नगरपालिकाले आफ्ना गतिविधिहरु नगरबासीहरु माझ तुरुन्त लैजानका लागि आधिकारिक अनलाईन सेवालाई सक्रीय बनाउँदै आएको छ । चैत्र १ गते नै ७ दिने सूचना सार्वजनिक गरी नगरपालिकाले वेबसाईटलाई नियमिति अध्यावधिक गर्ने गरेको उदाहरण प्रस्तुत गरेको हो ।
कार्यपालिकाको सूचना तथा जानकारीहरु आफ्नै आधिकारिक वेबसाईटबाट सार्वजनिक गर्दा नगरबासीहरु सूचना तथा सञ्चार प्रविधितर्फ आकर्षित देखिएका छन् । नगरपालिकाले आफ्नै अधिकांश जानकारी तथा सूचनाहरु सार्वजनिक गर्ने कार्यबाट नगरका युवा तथा सरोकारवाला वर्ग उत्साहित देखिएको पनि नगरपालिकाले दावी गरेको छ ।
नगरपालिकाको वेबसाईट नियमिति रुपमा अध्यावधिक हुँदा यसबाट नगरबासी तथा सरोकारवालाहरु लाभान्वित हुने गरेको बताईएको छ । चैत्र १ गते नगरकार्यपालिकाको कार्यालयद्वारा सडक क्षेत्रधिकारभित्रका संरचना व्यवस्थापनसम्बन्धी जारी गरिएको ७ दिने सूचना हेर्दा यो वेबसाईट नियमित अध्यावधिक भएको एउटा उदाहरण हो । नगरपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत भूपालकुमार सेन्दाङद्वारा हस्ताक्षेरित उक्त सूचनामा सडक साँघुरो भएर सडक दुर्घटना बृद्धि भएकोले सडकको क्षमता विस्तार गर्न आवश्यक ठानिएको भन्दै सडक व्यवस्थापनका लागि सरोकारवाला पक्षसँग छलफल तथा आवश्यक प्रकृया थालनी गर्नका लागि ७ दिने सूचना सार्वजनिक गरिएको बताईएको छ ।
यस्तै नगरकार्यपालिकाले सार्वजनिक गर्नु पर्ने सूचना तथा जानकारीहरु पनि समयभित्रै जारी गरिएको. पनि नगरपालिकाको आधिकारिक वेबसाईटन https://phunglingmun.gov.np/ne/news-notices मा देख्न सकिन्छ । यस्तै अधिकांश अनलाईन सेवा सर्वसाधारणका जानकारीका लागि नियमति रुपमा अध्यावधिक गरिदै आएको नगरकार्यलिकाका एक अधिकारीले जानकारी दिएको फूङलिङमा रहेका तातोखबर सम्वाददाताले जनाएका छन् ।