NTC App - Ad

ग्वार्को चोकमा फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेल डेढ वर्षसम्म घण्टौ ट्राफिक जाम

ग्वार्को चोकदेखि कोटेश्वर सडकखण्डको केही भागको सडक पुरै भत्काइएको छ। मुख्य सडकमै ट्राफिक जाम बढेपछि यात्रुहरू सास्तीमा परेका छन्। सवारी साधनहरू घण्टौ जाममा पर्ने गरेका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंको अनुसार ललितपुरको ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको हो।

उक्त सडकमा जाम बढेको भन्दै दीर्घकालीन रूपमा ट्राफिक व्यवस्थापन गर्न फ्लाईओभर निर्माण हुंदै छ । ग्वार्को चोकमा गत शनिबारबाट फ्लाइओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो ।
फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपांग्रे सवारी साधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिएको छ ।
तर पनि सडकमा जाम घटेको छैन । ट्राफिक प्रहरिले यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गरिदिन आग्रह गरेका छन् ।

Advertisement:

फ्लाई ओभर निर्माणको काम पूरा नहुन्जेलसम्म यो सडकमा जामको समस्या समाधान नहुने देखिएकाृे छ । आवश्यक परेको अवस्थामा बाहेक यो बाटो प्रयोग नगर्न आम नागरिकमा जानकारि गराईएको छ । यसले गर्दा सडकमा सवारीको चाप कम हुने र जाम कम हुन्छ । चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म तीन ठाउँमा फ्लाइओभर निर्माण हुंदैछ । सुरुको चरणमा ग्वार्को चोकमा फ्लाईओभर निर्माण गर्न लागिएको हो । ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम डेढ वर्षभित्र सक्ने भनिएको छ ।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडकखण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिँदैछ।
अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा फ्लाइओभर निर्माण हुने भनिएको छ जसको ४५५ मिटरको लम्वाई र ६ मिटरको उचाई हुनेछ । यो फ्लाईओभरको दायाँ बायाँ ¥याम्प पनि बनाइनेछ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra