मेरो दाई छिट्टै फर्की आ है ! -कविता



मेरो दाई छिट्टै फर्की आ है !

कुनै दिन मेरो हात पकडी डोर्याउदै स्कूल पुर्याउने दाई
आज त्यही हातमा पासपोर्ट  बोकी यूरोप जाँदै छ ।

कुनै दिन आँखामा ठूला ठूला सपना बोकेर हिड्ने मेरो दाई
आज त्यही सपना बेचेर आँखामा आँसु बोकेर परदेश जाँदै छ

आमा भन्छिन !
नजा न छोरा यही बसी के हि गर्नु पर्छ
जिउँदोमा जति दुःख भयनी मर्दा त सुख ले मर्नुपर्छ

म सम्झन्छु !
TV हेर्दा रिमोट नपाउँदा को रिस
चुपचाप भयर बस्दा कपाल तानेर रुने बनौथिस

यौटा चकलेट माग्दा न दिने दाई आज तेरो लागि ल्यापटप पठाइदिन्छु
आमा बुबाको खुसी र थुप्रै आफन्त हरु किन्छु

त जाँदै त छस रोक्न सक्दिन राम्रो सँग जा है
त बिना घर सून्य हुने छ छिट्टै फर्की आ है ।

– मिना तिमल्सीना



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, ६ चैत्र । मानव जीवनमा कति के खालका विपत्ती आउन सक्छन् त कति बेला कस्ता सुखद समय आउन सक्छ

काठमाडौं, ५ चेत्र / नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको छाता संस्था चलचित्र कलाकार संघको नेतृत्व कलाकार एवं निर्देशक र लेखक मोहन

अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक भएको छ । चलचित्रमा अनमोल केसी मेनडग चरित्रमा देखिनेछन् । १ मिनेट