मुम्बई उड्न लाग्दा निगमको जहाजमा समस्या आएपछि उडान रद्द
काठमाडौं, ११ मंसिर/ नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजको इन्जिनमा समस्या आएपछि मुम्बईको उडान स्थगित भएको छ । विहान ११ बजेर ३० मिनेटको उडान तालिका रहेको उक्त जहाजको इन्जिनमा समस्या आएपछि उडान रद्द भएको हो ।
न्यारोबडी अल्फा किलो ह्विस्की विमानको इन्जिनको एयर स्टार्ट युनिटको बिल्ड प्रेसरमा समस्या आएर विमान उड्न नसक्ने अवस्थामा पुगेको निगमका अधिकारीहरुले जानकारी दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट मुम्बईका लागि उड्नु पर्ने उक्त जहाजलाई उडाउन प्राविधिहरुको सहयोगमा कोशिस गरिएको भए पनि असफल भएको र उडानको पर्खाईमा रहेका यात्रुहरुलाई गन्तव्यसम्म पु¥याउन ढिलो हुन गएको निगमका अधिकारीहरुले बताए ।
विमानको इन्जिन स्टार्ट नभएपछि बाहिरबाठ अर्को उपकरणको प्रयोग गरेर उठाउन खोजिएको थियो तर त्यो उपकरणले काम नदिएपछि जहाज उड्न नसक्ने अवस्थामा पुगेको बताईएको छ । १ सय ५० जना यात्रुहरु लिएर उड्न लागेको उक्त जहाज उड्न नसक्ने भएपछि मुम्बईबाटै यात्रु लिएर अवनतरण हुन लागेको अर्को जहाजमा यात्रुहरुलाई गन्तव्यसम्म पु¥याउने तयारी भईरहेको निगमका अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय