
हेटौंडा, १० मंसिर/ मकवानपुरगढी गाउँपालिकामा सञ्चालनरत हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको वार्षिक साधारणसभा गाँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख«ीनको प्रमूख आतिथ्यतामा गाउँपालिकाको वडा नं. ३ मक्राञ्चूलीमा आज सम्पन्न गरिएको हो ।
हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष जानकी दाहालको सभापतित्वमा आयोजित उक्त समारोहलाई सम्बोधन गर्दै प्रमूख अतिथि पाख«ीनले महिलाहरुले चलाएको सहकारी अन्य सहकारीहरुको कारोबारमा बढी पारदर्शिता हुने र अनुशासित ढङगबाट संस्थाका गतिविधि सञ्चालन हुने गरेको दावी गरिन् । उनले हिमाल महिला सहकारी संस्थाले महिलाहरुलाई उद्यमशील बनाउन गरिरहेको आर्थिक लगानीको प्रशंसा गर्दै सस्थाले उदाहरणीय कामहरु गर्दै आएकोमा त्यसलाई अझै ब्यवस्थित र मजबुत बनाउन गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिन् ।
साधारणसभाको शुभकामना मन्तव्य ब्यक्त गर्नेक्रममा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख«ीनले भनिन् ‘हिमाल महिला सहकारीले उत्पादन गरेको शुद्ध बेसारलाई व्यवस्थित बजारीकरण गर्नुपर्छ । अहिले पनि उपभोक्ताहरु मिसावट गरिएको बेसार खान बाध्य छन् । बेसार ब्यवसायलाई प्रबद्र्धन गर्न सके संस्थाका सदस्यहरुबाट उत्पादन भएको बेसार खरिद गरी उपभोक्तालाई शुद्ध बेसार उपलब्ध गराउन सकिन्छ । यसबाट अन्य सहकारीहरुले पनि पाठ सिक्न सक्छन् ।’
समारोहका विशेष अतिथि गाउँपालिकाका वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेले वित्तीय कारोवारका लागि बैंकको तुलनामा सहकारीहरु सजिलो रहेको भन्दै सदस्यहरुको न्युनतम आवश्यकता पूरा गर्न सहकारीको अहम भुमिका रहेको बताए । सहकारी संस्थाहरु नाफामुखी भन्दा पनि सेवामुखी हुनुपर्ने धारणा राख्दै यो सहकारीले सदस्यहरुलाई दिदै आएको गरिरहेको सेवामा कुनै गुनासो नसुनिएको र आगामी दिनमा अझै उत्पादन मुखी कार्य गर्नुपर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका वडा नं १ का अध्यक्ष आईतसिंह लो, वडा नं.२ का वडा अध्यक्ष बखानसिं पाख्रीन , गाउँपालिकाकी जेष्ठ नागरिक महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, नबिल बैंक मकवानपुरगढी शाखा प्रमुख पुष्पराम महतो, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहाल, सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बिडारी, हिमाल महिला बहुउद्देश्य सहकारी संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार निर्मला लम्साल र भीमकुमारी न्यौपाने, जागरण बचत तथा ऋण सहकारी संस्थाका सचिव सरिता बराईली, रानी सामुदायिक वन उपभोक्ता समुहका शत्रुघन दुलाल लगायतका अतिथिहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुका बीच विगत १५ वर्षदेखि बाख«ाका पाठापाठी लगानी–असुली (साटासाट) गरिरहेको छ जानकारी दिदै सदस्यहरूलाई विभिन्न तिर्थस्थल लगायत अवलोकन भ्रमण गराउने र महिलाहरुको क्षमता विकासका गतिविधिहरु सञ्चालन गरिरहेको जानारी दिदै संस्थाकी अध्यक्ष जानकी दाहालले भनिन् ‘सदस्यहरुको सुविधाको लागि हामीले सहुलियत मुल्यमा रासायनिक मलको उपलब्ध गराउदै त आएका छौं तर हाम्रा सदस्यहरुको आवश्यकता अनुसार मल उपलब्ध गराउन नसकिएकोमा यसको दोषी सरकार हो । वडापिच्छे स्वास्थ्य चौकीहरु छन् तैपनि कतिपय महिलाहरु विभिन्न रोगबाट ग्रसित रहेको र रोग लुकाईरहेका छन् । त्यसैलाई मध्यनजर गर्दै यो संस्थाले स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना पनि बनाएका छौं र यो संस्थालाई समयअनुसार विकास गर्न सञ्चालक समिति सक्रीय रहेको छ ।’
हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाले यो वर्ष ४ करोड ५४ लाख ५४ हजार आठसय सत्तरी रुपैयाँको कारोबार गरेको छ । संस्थाको शेयर पुँजी २६ लाख ७४ हजार सातसय रहेको छ भने जगेडा तथा अन्य कोषमा ४० लाख ९७ हजार रुपैया रकम रहेको छ । बचत निक्षेपमा ३ करोड ३० लाख ४४ हजार जम्मा हुँदा संस्थाले सदस्यहरुलाई ४ करोड १८ लाख ९४ हजार लगानी गरेको संस्थाकी ब्यवस्थापक सुभद्रा घिमिरेले जानकारी दिइन् ।
कार्यक्रममा अतिथिहरुलाई ‘मायाको चिनो’ स्वरुप संस्था आफैले उत्पादन गरेको शुद्ध बेसार उपहार दिएको थियो भने साधारणसभाको अवसरमा संस्थाले विभिन्न बिधामा सदस्यहरूलाई सम्मान तथा पुरस्कार समेत वितरण गरेको गरेको थियो ।