त्रिविको बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक



काठमाडौ, १ मंसिंरं / त्रिभुवन विश्व विद्यालयद्वारा २०७७ सालमा सञ्चालित बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा नियमविपरित कार्य गर्नेलाई कारबाही गरेको समयसीमा सकिएपछि कार्तिक महिनाको अन्तिम दिन नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा नियमविपरित काम गर्ने ७ जना विद्यार्थीलाई २०७८ सालसम्म २ वर्षका लागि त्रिबिका कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गर्दै व्यवस्थापन संकाय ४ वर्षे स्नातक तह बीबीएस प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी सूचनामा जनाईएको छ ।
कार्यालयले बीबीएस प्रथम वर्ष २०७७ को परीक्षा २०७८ साउन महिनामा सञ्चालन गरेको थियो । पनिकाले संंगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६०, २६८ र २७० अनुसार परीक्षाको मर्यादा विपरित कार्य गर्ने विद्यार्थीलाई कारबाही गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा