विश्वको जनसंख्या आठ अर्ब, २०२३ मा भारतको जनसंख्या सबैभन्दा धेरै हुने



विश्वको जनसंख्या ८ अर्ब पुगेको छ।

संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो। सन् २०२३ भित्र चीनमा भन्दा भारतमा  सबैभन्दा धेरै जनसंख्या हुने प्रक्षेपण गरिएको छ।

११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको राष्ट्रसंघले जनाएको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मातृ तथा बाल मुत्युदरमा कमी तथा औसत आयुमा वृद्धि भएको बताएका छन्।

विश्वको जनसंख्या ९ अर्ब पुग्न १५ वर्ष लाग्ने प्रक्षेपण गरेको छ।

साथै विश्वको जनसंख्या ९ अर्ब पुग्न अब १५ वर्ष लाग्ने प्रक्षेपण भएको छ।

चीनको जनसंख्या १ अर्ब ४५ करोड २४ लाख ४७ हजार ७५१ छ भने भारतको जनसंख्या १ अर्ब ४१ करोड ७१ लाख ७३ हजार १ सय ७३ छ।

सन् १९०० मा विश्व जनसंख्या एक अर्ब ६० करोड थियो, सय वर्षपछि सन् २००० सम्म आइपुग्दा ६ अर्ब पुगेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा