आज साँझ सौर्य आँधी पृथ्वी नजिक आउँदै, स्याटलाईट र पावर ग्रिडमा समस्या हुनसक्ने



काठमाडौं, श्रावण १८ । सूर्यबाट निस्केको सौर्य आँधी बुधबार साँझ पृथ्वीको नजिक आउने भएको छ । वैज्ञानिकहरुले यसको नाम ’सन होल सोलार स्टर्म’ दिएका छन् ।

वैज्ञानिहरुका अनुसार सूर्यको वायुमण्डलमा प्वालभन्दा तीव्र गतिमा चल्ने सौर्य हावा आज पृथ्वीको चुम्बकीय क्षेत्रको नजिक आउने छ । आज आउने आँधी कम क्षमताको भएका कारण यसले पृथ्वीमा ठूलो समस्या ननिम्तिने बताइएको छ ।

अन्तरिक्षमा यस्ता सौर्य आँधीहरु धेरै आउने गरेका छन् । तर, बढी क्षमताका सौर्य आँधीहरु आए भने त्यसले पृथ्वीको टेलिकम्यूनिकशन, इन्टरनेटलाई असर गर्न सक्ने वैज्ञानिकहरु बताउँछन् ।

विपी कोइराला ममोरियल विज्ञान संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार यो जी १ टाइपको भएकाले यसले पृथ्वीमा खासै असर नगर्ने बताए ।

वैज्ञानिकहरुने कम क्षमताको सौर्य आँधीलाई जी १ समूहमा राख्ने गरेका छन् । सौर्य आँधीहरु कुनै कुनै अलि बढी खतराको हुने भए पनि आज आउने सौर्य आँधी खतरनाक नरहेको उनको भनाइ छ । ‘सूर्य घुम्ने ११ वर्षको चक्रमा यो आँधी आउने सक्रिय समयमा हो ।

यो समयमा २९ करोड किमी प्रतिघण्टाको दरले पृथ्वीतिर आउँछ,’ उनले भने  ‘यदि यो पृथ्वीमा आएर ठोक्कियो भने असर हुन्छ तर पृथ्वीमा भूचुम्बकत्व भएकाले त्यो पृथ्वीमा आउन पाउँदैन, त्यसैले यो हानीकारक छैन । तर, स्याटलाईट र पावर ग्रिडमा केही सानो समस्या देखिन सक्छ ।’

स्याटलाईट र भोल्टेजहरुमा केही माइनर समस्या आए पनि यसको पृथ्वीमा अन्य असर देखा नपर्ने डा. शर्मा बताउछन् ।

क्यानडाजस्ता उत्तरी देशको आकाशबाट साँझपख यो सौर्य आँधी देख्न सकिने उनको भनाइ छ । पृथ्वीमा रहेको भूचुम्बकत्वले अन्तरिक्षबाट आएका सौर्य आँधी, अल्का पिण्डहरुलाई आफूतिर तान्ने भएका कारण ठूलो मात्रामा क्षति हुँदैन ।

सौर्य आँधी भनेको के हो ?

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले गरेको अध्ययनका अनुसार सूर्यको सतहमा ठुल्ठूला विस्फोटनहरू भइरहेका छन्, जसमा केही भागबाट अत्यन्तै चम्किलो प्रकाशका साथ ठूलो मात्रामा ऊर्जा निस्कन्छ जसलाई सूर्य फ्लेयर भनिन्छ । जसमा करोडौं माइल प्रतिघण्टाको गतिमा एक अर्ब टन चुम्बकीय ऊर्जा अन्तरिक्षमा निस्कन्छ, जसका कारण सूर्यको बाहिरी सतहको केही भाग खुल्छ र यस प्वालबाट ऊर्जा बाहिर निस्कन थाल्छ र यो एउटा बल जस्तो देखिन्छ ।

यदि यो ऊर्जा धेरै दिनसम्म लगातार निस्कियो भने धेरै साना परमाणु कणहरू पनि निस्कन थाल्छन् जुन ब्रह्माण्डमा फैलिन्छ, जसलाई सौर्य आँधी भनिन्छ ।

साभार ः गोरखापत्र अनलाईन/ विष्णु पाण्डेय



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा