NTC App - Ad

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

स्याङजा, २४ असार । स्याङ्जाका ११ सामुदायिक विद्यालयका एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

चाइना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल को-अपरेशन फर डेभलपमेन्टको समन्वय तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीको पहलमा वालिङ नगरपालिकाका सामुदायिक विद्यालयका बालसिकाइ कक्षादेखि ८ कक्षासम्मका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । फाउण्डेशनले वालिङ नगरपालिकाभित्रका अतिविपन्न समुदायका बालबालिकाको शैक्षिक गुणस्तरमा सहयोग पुर्‍याउने उद्देश्यसहित स्कुल ब्याग, स्टेशनरी र हाइजिन किट्स वितरण गरेको कार्यक्रम संयोजक सुरेश प्याकुरेलले बताए ।

Advertisement:

वालिङ नगरपालिकाभित्रका अतिविपन्न बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालय छनोट गरी शैक्षिक सामग्री हस्तान्तरण गरिएको उनले बताए । एघार विद्यालयका बालसिकाइ कक्षादेखि ८ सम्मका छात्र ६७० र छात्रा ५८९ गरी कूल एक हजार २५९ छन् । वालिङ-१४ को दाङ्से आधारभूत विद्यालयका २९, हिमशिखर आधारभूत विद्यालयका ६३ र जनहित माध्यमिक विद्यालयका १३३, वालिङ-११ को टापुभञ्ज्याङ राष्ट्रिय माध्यमिक विद्यालयका १८० र मुटुभञ्ज्याङ आधारभूत विद्यालयका ३१, वडा नं १३ को चिसापानी आधारभूत विद्यालयका ३६, वालिङ-१० को कालिका आधारभूत विद्यालयका ५२, वालिङ-९ को भुम्रे माध्यमिक विद्यालयका २५३, वालिङ-८ को तेजप्रगति आधारभूत विद्यालयका ५७, वालिङ-६ को राष्ट्रिय माध्यमिक विद्यालयका २३८ र वालिङ-५ को महेन्द्र माध्यमिक विद्यालयका १८७ जनालाई शैक्षिक सामग्री वितरण गरिएको उनले जानकारी दिए ।

शैक्षिक सामग्री प्राप्त भएसँगै स-साना बालबालिकामा अध्ययन गर्ने बानीको विकास तथा थप ऊर्जा मिल्ने महिला नेतृ तिवारीको भनाइ छ । “शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई एउटा अभियानकैरूपमा विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन गछौँ”, उनले भने, “यसले आर्थिक अवस्था कमजोर भएकै कारण अध्ययनमा पछाडि परेका बालबालिकालाई केही हदसम्म सहयोग पुग्ने छ ।” सामाजिक क्षेत्रमा काम गर्दै आएका व्यक्तिको पहलमा चाइना फाउण्डेशनसहितका सङ्घसंस्थाले विद्यालयका बालबालिकालाई स्कुल ब्यागसहितका सामग्री प्राप्त भएको भुम्रे माविका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताए ।

 

रासस ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra