तीन फरार प्रतिवादी पक्राउ
प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–३ का ४६ वर्षीय दावा तामाङ छन् । उनलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालतले २०७२ वैशाख ८ गते दुई वर्ष ६ महिना कैद सजाय गरेको थियो ।
यस्तै विगो मुद्दाअन्तर्गत ललितपुरको टीकाथली–९ स्थायी घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ४५ वर्षीय सन्तोषी बस्नेतलाई पनि पक्राउ गरिएको छ । उनलाई जिल्ला अदालतले २०७५ चैत २९ गते विगो रकम रु एक करोड २६ लाखवापत दुई वर्ष कैद सजायको फैसला गरेको थियो । यस्तै प्रहरीले सवारी ज्यान मुद्दाअन्तर्गत पनौती नपा–११ का २५ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको छ । उनलाई जिल्ला अदालतले २०७५ जेठ १६ गते तीन दिन कैद र रु दुई हजार जरिवाना फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
आजबाट एसईईमार्फत ५ लाखभन्दा बढी विद्यार्थीको शैक्षिक गुणस्तर जाँच हुदै
-
२.
नेपालका सबै युवा अटाउने उद्योग कृषि नै भएको व्यवसायी न्यौपानेको दृष्टि
-
३.
सत्ता समीकरणका विषयमा नागरिक उन्मूक्ति पार्टीभित्र विवाद
-
४.
मकवानपुरको बकैयामा कारको ठक्करबाट बालकको मृत्यु
-
५.
अष्ट्रेलियामा नेपाली खानाको प्रबद्र्धन