थप ३५७ जनामा कोरोना पुष्टि



काठमाडौं,  ३ साउन  । नेपालमा कोरोनाको चौथो लहरमा प्रवेश गरेसँग सङ्क्रमणदर बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्कमित थपिएका जनाएको छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार तीन हजार ३५७ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३५७ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा एक हजार ८५७ जनाको आरटी पीसीआर गर्दा २६८ जनामा र एक हजार पाँच सय जनाको एन्टिजेन परिक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएकोे हो ।

परीक्षण गरिएका मध्ये १०.६३ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी ११९ जना काठमाडौंमा रहेका छन् । त्यसैगरी, भक्तपुरमा पाँच र ललितपुरमा ३० जना सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा ६२ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, २४ घण्टामा ३६ हजार ३४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९८२ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

शून्य सङ्क्रमित भएका जिल्ला सात छन् । काठमाडौंमा एक हजार १०९, भक्तपुरमा ४२ र ललितपुरमा १६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये एक हजार ८६५ जना होम आइसोलेसनमा, ११७ जना अस्पतालमा उपचाररत रहेका छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये १९ जना आइसीयूमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतले नेपाल सरकारलाई दुई सय वटा मिर्गौला डायलासिस गर्ने उपकरणसहयोग स्वरुप उपलब्ध गराएको छ । सोमबार स्वास्थ्य तथा

काभ्रेपलाञ्चोक, ०६ श्रावण । काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको

काठमाडौं, ०४ श्रावण । जिल्लामा रगतको अभावपछि आज काठमाडौँ र पोखराबाट ल्याइँदैछ । पोखराबाट ४०० र काठमाडौँबाट ४५ युनिट रगत