नेप्से परिसूचक १६.२७ अंकले बढ्यो

share-market-increase-news-tatokhabar.com

काठमाडौं, साउन ३ गते। नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक १६.२७ अंक बढेर २०४५.६९ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ।

मंगलबार कारोबारमा आएका २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ। सोमबार शेयर १ अर्ब ३१ करोड ९६ लाख २९ हजार ९६० रुपैयाँ बराबरको नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेका छन्।

Advertisement:share-market-increase-news-tatokhabar.com

जसमध्ये वित्त उपसमूहको परिसूचक २.७० प्रतिशत बढेको छ। विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्सेसँगै मंगलबार इमर्जिङ्ग नेपालको शेयर मूल्य सबैभन्दा बढी ८.०१ प्रतिशत बढेको छ। त्यस्तै, गणपति लघुवित्तको शेयर मूल्य करिब ७ प्रतिशत बढेको छ। यता, सिभिल बैंकको ऋणपत्रको मूल्य ७.७५ प्रतिशत घटेको छ। मंगलबार शिवम् सिमेन्ट १५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस् :