सुनचाँदीका मूल्यमा सामान्य गिरावट



काठमाडौं, साउन ३ । सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको सुन आज प्रतितोला दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार पाँच सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपियाँले घटेर एक हजार १६० रुपियाँ तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

-रासस ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, ६ चैत्र / रासाईनिक मलमा सरकारले कृषकहरुलाई दिईदै आएको अनुदान रोक्न गरेको निर्णय फिर्ता लिएर सो अनुदान कायम राख्ने

काठमाडौं, ५ चैत / नेपाली पूँजी बजार खस्कदै गएको चेतावनी अर्थविद्हरुले दिईरहेको बेला पूँजी बजार उभो लाग्न नसकेको सङ्केतप्रति लगानीकर्ताहरु

काठमाडौं-वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएकाे ब्याजदर आज देखी लागु भएकाे छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स