प्रधानमन्त्री सधैं हतार छ भन्नुहुन्छ, सबै काम अलपत्र : रामचन्द्र पौडेल



CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 95

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले समयअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री देउवाले सधैं हतार छ भने पनि कामहरू अलपत्र छाड्ने गरेको पौडेल बताउँछन्।

पूर्वसांसद मञ्च नेपालले ६३ औं संसद दिवसका अवसरमा उक्त कुरा बताएका हुन् । उक्त कार्यक्रममा काम छ भन्दै प्रधानमन्त्री देउवा पहिले बोलेर निस्केका थिए।

हरेक प्रधानमन्त्रीलाई समय कम हुने भन्दै पौडेलले प्रधानमन्त्री देउवालाई लक्षित गर्दै भने, ‘हाम्रो प्रधानमन्त्रीजी हतार छ भनेर जानुभयो। ठिक छ, देशको प्रधानमन्त्रीलाई समय कम हुन्छ मलाई त्यो पनि थाहा छ। सबै प्रधानमन्त्रीलाई हुन्छ। तर हाम्रो प्रधानमन्त्रीलाई कति हतार छ भन्ने कुरा त कामकारबाहीबाट देखिन्छ।’

प्रधानमन्त्री देउवाले समयवद्ध काम गर्न नसकेको पौडेलको भनाइ थियो। ‘प्रधानमन्त्रीले मलाई समय पुगेन भन्ने, काम सधैं अलपत्र छाड्नेरु,’ पौडेलले भने, ‘पुगेर भनेर प्रधानमन्त्रीजी छिटोछिटो दौडनुहुन्छ।’

उनले पार्टीमा पनि महाधिवेशन भएपछि छ महिनाभित्र गर्नुपर्ने काम अलपत्र रहेको बताएका थिए।

‘छ महिनाभित्र गर्ने भन्या काम सबै अलपत्र छन्,’ उनले भने, ‘मैले वास्तवमा सुनौलो भविष्यका लागि समयवद्ध काम गरौं भनेर नारा दिएको मलाई नै पाखा पारियो। यही हो नि देश। यो मुलुकका लागि कसले उद्धार गरिदिने हो। पदमा रहँदा कसले के गरे यो पनि मूल्यांकन गर्नुपर्छ।’

उनले सय भारी खर काट्ने र सय भारी खर पोल्नेको एउटै मूल्यांकन गर्न नहुने पनि बताएका छन्। उनले रासायनिक मल र औषधि खरिदलगायतमा नीतिगत भ्रष्टाचार हुने गरेको बताएका थिए।

आफू कृषिमन्त्री हुँदा रासायनिक मलका लागि कम अनुदान दिएको बताएका पौडेलले भ्रष्टाचार रोक्न सके सरकारले कम अनुदान दिए पनि पुग्ने जिकीर गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा