सिस्नेरी सडकखण्डमा पुनः यातायात सञ्चालन



मकवानपुर, १० असार (रासस) :

पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा आजदेखि पुनः यातायात सञ्चालनमा आएको छ ।

पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्गको सिस्नेरी खण्डमा यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिए । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मङ्गलबार वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।

हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त खण्डमा वर्षासँगै पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस्तै, सङ्घीय राजधानी काठमाडौँ जोड्ने कान्ति राजपथ, त्रिभुवन राजपथ र मुग्लिन सडकखण्डमा यातायात सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा