ठूलो महानगरको ठूलै बजेट



काठमाडौं, असार ९ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । कामपाले चालु आर्थिक वर्षमा रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो ।

आगामी वर्षका लािग चालुको भन्दा रु सात अर्ब बढीको बजेट ल्याउन लागेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए । आगामी वर्षको बजेटले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्ने पनि उनले बताए ।

चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन जस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ ।

चालु आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो । चालु आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ रु ५५ करोड, सामाजिक विकासतर्फ रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रु एक अर्ब १५ करोड विनियोजन गरिएको थियो ।

आगामी वर्षका लागि कामपाले शुक्रबार बजेट ल्याउने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुसार असार १० गते स्थानीय तहले आगामी आवका लागि बजेट ल्याउनुपर्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा