काठमाण्डौँ महानगरले पुर्वाधार एम्बुलेन्स बनाउन आफुसंग भएकै गाडीलाई प्रयोगमा ल्याउने



काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’को रुपमा प्रयोगमा ल्याउने भएको छ ।

नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निणर्य गरेको थियो ।
‘भौतिक पूर्वाधार एम्बुलेन्स’का लागि सवारी साधन किन्ने तथा भाडामा लिने प्रक्रिया लामो हुने भएकोले महानगर मातहतमा रहेका सवारी साधनलाई नै एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी तयारी थालिएको छ ।

काठमाडौं महानगरपालिका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार वातावरण विभागमा रहेका गाडीहरुलाई पूर्वाधार एम्बुलेन्स बनाउने प्रक्रिया सुरु भएको छ ।

‘महानगरको मातहतमा रहेका पूर्वाधार एम्बुलेन्स हुनसक्ने दुई वटा सवारी साधन उपलब्ध गराउन वातावरण विभागलाई चिठी लेखिसकेका छौं,’ थापाले भने, ‘प्रत्येक पूर्वाधार एम्बुलेन्समा एक ईन्जिनियर सहित ४ जना मजदुरहरु हुन्छन, त्यो पनि हामीले तयार गरिसकेका छौं । मजदुरहरुलाई तत्कालको लागि दैनिक ज्यालादारीमा राखिनेछ ।’

थापाले सवारी साधन बाहेक पूर्वाधार एम्बुलेन्सको लागि चाहिने सबै निर्माण सामाग्री, कच्चा पदार्थहरु पनि जम्मा भईसकेको जानकारी दिए । ‘हामीसँग १० लाख रुपैयाँ बराबरको तत्काल चाहिने कच्चा पदार्थ तयार छ । सडक भत्केको ठाउँमा कालोपत्रे बाहेक अन्य सबै काम हुन्छ । सडक पेटी, ढल, ईँट्टा, ब्लकहरु विग्रेको गुनासो आए यो हप्ताबाट तत्काल मर्मत गर्न महानगर तयार छ’, उनले भने ।

काठमाडौं महानगरले कल सेन्टरबाट आएको गुनासोको आधारमा पूर्वाधार एम्बुलेन्स चलाउने थापाले बताए । कलसेन्टरको लागि पनि धमाधम काम भइरहेको उनले जनाए । आगामी आर्थिक वर्षबाट भने महानगरले बजेटबाट नै पूर्वाधार एम्बुलेन्सको लागि सवारी किन्ने गृहकार्यसमेत गरेको छ । ‘भौतिक पूर्वाधार एम्बुलेन्स’का लागि सवारी साधन किन्ने तथा भाडामा लिने प्रक्रिया लामो हुने भएकोले महानगर मातहतमा रहेका सवारी साधनलाई नै एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी तयारी थालिएको छ ।

काठमाडौं महानगरपालिका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार वातावरण विभागमा रहेका गाडीहरुलाई पूर्वाधार एम्बुलेन्स बनाउने प्रक्रिया सुरु भएको छ ।

‘महानगरको मातहतमा रहेका पूर्वाधार एम्बुलेन्स हुनसक्ने दुई वटा सवारी साधन उपलब्ध गराउन वातावरण विभागलाई चिठी लेखिसकेका छौं,’ थापाले भने, ‘प्रत्येक पूर्वाधार एम्बुलेन्समा एक ईन्जिनियर सहित ४ जना मजदुरहरु हुन्छन, त्यो पनि हामीले तयार गरिसकेका छौं । मजदुरहरुलाई तत्कालको लागि दैनिक ज्यालादारीमा राखिनेछ ।’

थापाले सवारी साधन बाहेक पूर्वाधार एम्बुलेन्सको लागि चाहिने सबै निर्माण सामाग्री, कच्चा पदार्थहरु पनि जम्मा भईसकेको जानकारी दिए । ‘हामीसँग १० लाख रुपैयाँ बराबरको तत्काल चाहिने कच्चा पदार्थ तयार छ । सडक भत्केको ठाउँमा कालोपत्रे बाहेक अन्य सबै काम हुन्छ । सडक पेटी, ढल, ईँट्टा, ब्लकहरु विग्रेको गुनासो आए यो हप्ताबाट तत्काल मर्मत गर्न महानगर तयार छ’, उनले भने ।

काठमाडौं महानगरले कल सेन्टरबाट आएको गुनासोको आधारमा पूर्वाधार एम्बुलेन्स चलाउने थापाले बताए । कलसेन्टरको लागि पनि धमाधम काम भइरहेको उनले जनाए । आगामी आर्थिक वर्षबाट भने महानगरले बजेटबाट नै पूर्वाधार एम्बुलेन्सको लागि सवारी किन्ने गृहकार्यसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा