सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि झण्डै १८ खर्बको बजेट



तातोखबर सम्वाददाता
काठमाडौं, जेष्ठ १५/ सरकारले आगामी आर्थिक वर्षको २०७९÷०८० को लागि आफ्नो अनुमानित बजेट सार्वजनिक गरेको छ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापिका आईतवार संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।
आर्थिक वर्ष २०७९÷०८० का लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट घोषणा गर्दै उपलब्ध प्राकृतिक श्रोत साधन, श्रम शक्ति, पुँजी र प्रविधिको एकीकृत परिचालनबाट रोजगारी सिर्जना र गरिबी निवारण गर्ने लक्ष्य लिएको उल्लेख गरेको छ । कुल विनियोजिनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड विनियोजन गरेको छ भने पुजीगत तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यसैगरी सरकारले प्रस्तुत गरेको बजेटमा वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड रुपैया र प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण तर्फ ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक आय ब्ययको अनुमानित बजेट प्रस्तुत गर्दै आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड खर्चको श्रोत व्यहोर्नुका साथै वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड र २ खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कुल ४ खर्ब ९८ अर्ब ४६ करोड रुपैया बराबर ऋण लिईने बताएका छन् ।
बजेटमा नेपालको कृषि क्षेत्रको रुपान्तरण गरी उत्पादन बृद्धि र रोजगारी सिर्जना गर्न, निर्यात प्रबद्र्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रर्लाइ आत्मनिर्भर बनाउनुका साथै निरपेक्ष गरिबी निवारण बजेटको मूख्य प्रथामिकतामा परेको प्रस्तुत बजेट मा उल्लेख गरिएको छ । सरकारले नेपाली वस्तु विदेश निर्यात गर्दा ८ प्रतिशत नगद अनुदान दिने नीति लिएको छ । यससँगै सरकारले आगामी आर्थिक वर्षमा झण्डै ८ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य राखिएको पनि अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
त्यसैगरी देशमा कृषिलाई उद्योगकै रुपमा विकास गर्न कृषि औजार कारखानालाई चाहिने उपकरण आयातमा ५ वर्षसम्म आयकर छुट गर्नेघोषणा पनि गरेको छ भने स्थानीय पूर्वाधार आयोग पनि खारेज गर्ने र नगर विकास कोषलाई शहरी विकास कम्पनीमा पुनसंरचना गर्ने भएको छ ।
अर्थमन्त्रीद्वारा प्रस्तुत आगामी वर्षको बजेटमा चुरे संरक्षणका लागि २ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ भने निजी जमीनमा लगाईएका रुखहरुलाई पनि कृषि बालीका रुपमा बिक्री गर्न पाईने बताईएको छ ।
अर्थमन्त्रीले आगामी वर्षको बजेट सार्वजनिक गरेपछि बजेटका विषयमा विभिन्न प्रतिकृया आउन थालेका छन् । व्यावसायिक संगठनका अधिकारीहरुले यस वर्षको बजेट हुबहु कार्यान्वय हुने हो भने यो सुखद भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा