आउने भयो माग्नेबुढाको ‘कमेडी हब’



तातोखबर सम्वाददाता
काठमाडौँ, जेठ १० / लामो सयमदेखि सानो पर्दाका कार्यक्रमहरुमा नदेखिएका लोकप्रिय हास्य कलाकार ‘माग्ने बुढा’को पहिचानमा रहेका केदारप्रसाद घिमिरे अब धाराबाहिक हास्य ब्याङ्गात्मक कार्यक्रम लिएर दर्शकमाझ आउने भएका छन् । उनी अब हास्यब्याङ्गातमक कार्यक्रम ‘कमेडी हब’ लिएर टेलिभिजनको पर्दामा देखिने भएका हुन् ।
आफूले निर्देशन गर्ने उक्त कार्यक्रम जेठ ११ गते बुधवारदेखि प्रसारण हुने हास्य कलाकार घिमिरेले बताएका छन् । उनका अनुसार अब यो कार्यक्रम हरेक बुधवार नियमित रुपमा प्रसारण हुनेछ । कार्यक्रम निर्माणको शुभारम्भ एउटा समारोहको आयोजना गरेर सम्पन्न गरिएको निर्देशक घिमिरेले बताए । कार्यक्रम ‘कमेडी हब’ को शुभारम्भ सुप्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले गरेका थिए ।
मिडिया हबले निर्माण गर्ने उक्त कार्यक्रम कलाकार राजाराजेन्द्र पोखरेलको परिकल्पना रहेको पनि कलाकार एवं निर्देशक केदारप्रसाद घिमिरेले जानकारी दिएका छन् । कमेडी हबमा एक दर्जन बढी नयाँपुस्ताका कमेडी कलाकारले अभिनय देखाउने बताईन्छ । माग्नेबुढासँगै सुवोध गौतम, हिमेश पन्त, राजा राजेन्द्र, राजेन्द्र नेपाली लट्टे, दिलीप तामाङ हुरहुर, जानुका पौडेल प्याकुली, प्रभात लामा, खड्गबहादुर पुन खबपु, संगम राई लब्ली, नारिया गिरी, बेदना राई मैना, राधिका कँडेल, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले हाँस्यव्यंग्य प्रस्तुत गर्ने कलाकार निर्देशक घिमिरेले जानकारी दिएका छन् । नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्यकविताका विधा उक्त कार्यक्रममा समेटिनेछन् ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

भक्तपुर, ९ असोज / भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आजखेखि आठ दिनसम्म इन्द्रजात्रा पर्व सुरु भएको छ ।

काठमाडौँ, ८ असोज / याँया (इन्द्रजात्रा) को अवधिमा यही असोज ११ गतेदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको

मध्यविन्दु (नवलपरासी), ९ असोज / नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । यसका लागि जिल्लामा