कीर्तिपुर आँखा अस्पतालमा विरामीको उपचारका लागि रुतोद्वारा सहयोग



तातोखबर सम्वाददाता
काठमाडौं, जेठ १०/ कीर्तिपुर आखाँ अस्पताललाई रुतो मेन्थलतम नेपाल प्रा.लि.द्वारा आँखाका विरामीहरुको उपचारमा सहयोग प्रदान गरिएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व वहनका लागि हरेक वर्ष गर्दै आएको सहयोगको निरन्तरता स्वरुप आँखाका विरामीहरुको उपचारमा सहयोग गरेको हो ।
आँखामा मोतियाविन्दुको अपरेशनमा प्रयोग हुने कन्ट्याक्ट लेन्स सहित ल्भय भ्थभ ७ त्तगबष्तिथ भ्बकष्लभकक उत्पादनहरु निःशुल्क उपलब्ध गराएर सहयोग गरिएको कम्पनीका एक अधिकारीले बताएका छन् । उनका अनुसार रुतोद्वारा हरेक वर्ष आँखा अस्पताललाई सहयोग गरिदै आएको र यो सहयोग यस वर्ष पनि त्यहि प्रकृयाको निरन्तरता हो ।
जेठ १० गते सञ्चालन गरिएको आँखाका विरामीहरुको शल्यकृया उपचारमा संलग्न कीर्तिपुर आँखा अस्पतालका चिकित्सक डा. एरिक वैद्यले रुतो मेन्थलतम नेपाल प्रा.लि.लाई आँखाका विरामीहरुको मोतिया विन्दुको शल्यकृयामा सहयोग पु¥याएकोमा धन्यवाद दिएका छन् भने आफ्नो आँखाको सफल उपचार पाएका विरामीहरुले हर्ष ब्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा