१८ औं अन्तर्राष्ट्रिय पर्वतीय दीवस पोखरामा मनाईयो



Pokhara

पोखरा, २५ मंसिर / १८ औं अन्तर्राष्ट्रिय पर्वतीय दीवस नेपालकै प्रख्यात पर्यटकीय क्षेत्र गण्डकी प्रदेशको राजधानीमा पोखरामा मनाईयो । पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री प्रेमबहादुर आलेलेको प्रमूख आतिथ्यतामा एक समारोहको आयोजना गरी १८ औं अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाईएको हो ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले पर्यटन विकासका लागि सरकारले गर्ने लगानी उधारो बजेटबाट नगर्ने बताए । उनले भने ‘हामी सबै कारोबार नगदमा गर्नेछौं । पोखराको पर्यटन प्रवद्र्धन गर्न व्यवसायीले राखेको माग वर्तमान सरकारले पूरा गर्दै आएको छ । म पोखरा आउँदा पञ्चासे, बराह मन्दिर, विन्ध्यावासिनी मन्दिर लगायतमा बजेट माग गरिएको थियो, काठमाडौं जाने बित्तिकै बजेटको व्यवस्था गरेर टेण्डर प्रक्रियामा गएको छ ।’
मन्त्री आलेले पर्यटन क्षेत्रको विकासमा सरकार लागिपरेको कुरा आफूले बोलेको मात्रै नभएर व्यवहारमा देखिएको उनले दावी गरे । उनले पोखरा देशकै एउटा लोकप्रिय पर्यटकीय गन्तव्य भएकै कारण पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकार तयार रहेको बताए । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी निर्देशक निर्मला न्यौपानेले संग्रालयको छाने मर्मत गर्न बजेटको व्यवस्था गरिदिन आग्रह गरेको जवाफमा मन्त्री आलेले जीर्ण छानो मर्मत सम्भार गर्न काठमाडौं फर्केर बजेटको व्यवस्था गर्ने आश्वासन दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, ११ मंसिर/ नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजको इन्जिनमा समस्या आएपछि मुम्बईको उडान स्थगित भएको छ । विहान ११ बजेर

काठमाडौँ, १ मंसिर/ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन थालेपछि नेपाल वायुसेवा निगमले भैरहवाबाट दिल्लीसम्मको उडान भर्ने तयारी गरेको

काठमाडौँ, २ साउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट हुन्छ । यो स्थल अहिले गोकर्णेश्वर