१४ औं महाधिवेशनको उम्मेदवारी मनोनयन सम्पन्न, उम्मेदवारहरु मत माग्न ब्यस्त



Nepali Congress

काठमाडौं, २५ मंसिर / नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन दर्ता शनिवार ५ बजे सम्पन्न भएको छ । उम्मेदवारी दर्ता सम्पन्न भएसँगै मनोनयन दर्ता गराएका उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न ब्यस्त रहेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय सभापतिको पदका लागि निवर्तमान सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवासहित ६ जना उम्मेदवारहरुबीच कडा प्रतिष्पर्धा हुने भएको छ । उक्त पदमा शेखर कोईराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेबीच जोडदार प्रतिष्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका सभापति पदका उम्मेदवारहरु आ–आफ्ना प्यानल बनाएर निर्वाचन प्रचारमा ब्यस्त रहेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय सभापति पदका लागि प्रतिष्पर्धी बन्ने सकसमा रहेका डा. सशंक कोईराला, कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेल पछिल्लो समयमा उक्त पदको प्रतिष्पर्धाबाट पछाडि हटेका छन् । कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेलले बाहिरबाटै उम्मेदवारहरुलाई सघाउने बताएका छन् भने डा. सशंक कोईरालाले सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । रामचन्द्र पौडेल र सशंक कोईरालाले सभापति पदका लागि शेखर कोईरालालाई सहयोग गर्ने चर्चा चल्न थालेको छ ।
त्यस्तै नेपाली कांग्रेसको केन्द्रीय उपसभापति पदका लागि पनि ६ जनाबीच नै प्रतिष्पर्धा हुदैछ । नेपाली कांग्रेसको उपसभापति पदका लागि विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाह प्रतिष्पर्धामा रहेका छन् । त्यसैगरी महामन्त्री पदका लागि डा. मिनेन्द्र रिजाल, डा. प्रकाशसरण महत, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीबीच प्रतिष्पर्धा हुन गईरहेको छ ।
नेपाली कांग्रेसको आगामी नेतृत्वमा सहमहामन्त्री पदका लागि १९ प्रतिष्पर्धीबीच भिडन्त हुने भएको छ । जसबाट खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसंख्यक क्लस्टरबाट एक एक जना गरी ८ सहमहामन्त्रीमा निर्वाचित हुनेछन् भने खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा