NTC App - Ad

दोश्रो कार्यकालका लागि एमाले अध्यक्ष बने केपी ओली

काठमाडौं, १४ मंसिर / नेकपा एमालेको १० औं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । सर्वसहमतिबाटै सबै पदका लागि नयाँ नेतृत्व चयन गर्ने प्रयास हुदाहुदै असन्तुष्ट प्रत्याशिहरुको विरोधका कारण गरिएको निर्वाचनबाट भारी मतान्तरले विजयी पूर्वप्रधामन्त्री ओली दोश्रो कार्यकालका लागि नेकपा एमालेका अध्यक्ष बनेका हुन् ।


एमालेको १० महाधिवेशनमा मतदान प्रणालीबाट गरिएको निर्वाचनमा ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष, शंकर पोखरेल महासचिव निर्विरोध निर्वाचित भए भने प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमाल निर्विरोधै उपमहासचिव पदमा निर्वाचित बन्न सफल रहे । बाँकी १४ पदका लागि निर्वाचन गर्नु परेको थियो । जसमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र डा. भीम रावलबीच भिडन्त हुँदा केपी शर्मा ओलीको पक्षमा भारी मत अर्थात १८४० मत आएको थियो ।
त्यसैगरी विजयी अन्य पदका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले १९७६ मत प्राप्त गरेकी थिईन् । उपाध्यक्ष पदमा अर्का विजयी सुरेन्द्र पाण्डेले १९२५ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्ष पदका अर्का विजयी सुवास नेम्वाङले १८६५ मत र विष्णु पौडेलले १८५६ मत प्राप्त गरेका थिए भने उपध्यक्षकै पदमा युवराज ज्ञवालीले १८४२ र सोही पदमा रामबहादुर थापा ’बादल’ ले १७६८ प्राप्त गरी विजयी भए ।
निर्वाचनबाट विजयी भएका सचिवहरुमा १९७६ मत सहित गोकर्ण विष्ट, १९६४ मत सहित योगेश भट्टराई, १८०० मत सहित पद्मा अर्याल, १८०० मत सहित छबिलाल विश्वकर्मा, १७०४ मत सहित लेखराज भट्टका साथै १७०० मत सहित टोपबहादुर रायमाझी र १५१३ मत सहित रघुवीर महासेठ रहेका छन् ।
यसैबीच नेकपा एमालेको १० औं महाधिवेशनमा भएको निर्वाचनमा भारीमतान्तरले पराजित भएका डा. भीम रावलले बीना हिच्किच ने मञ्चमा पुगेर विजयी अध्यक्ष केपी शर्मा ओलीलाई बधाई समेत दिएका छन् । पराचित नेता डा. रावलले आफू पराजचित हुन्ने स्प्रष्ट हुदा हुदै पनि नेकपा एमाले लोकतान्त्रिक पार्टी हो भनेर साविचत गर्न पनि निर्वाचन प्रणालीलाई आकर्षित गरेको बताए । त्यसैगरी नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्ष पदमा पराजित भएका घनश्याम भुसालले मत परिणामलाई सहर्ष स्वीकार गरेका छन् ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra