NTC App - Ad

नेपालको समृद्धिका लागि सामुदायिक वनको भूमिका

— अर्जुनप्रसाद दहाल

नेपालको सामुदायिक वनहरुबाट लाभ लिन सकिने थुप्रै सम्भावना भएर पनि यसको उचित र सन्तुलित व्यवस्थापनबाट नेपालीहरुले आर्थिक समृद्धिको दिश पहिल्याउन सकिरहेका छैनन् । ‘हरियो वन नेपालको धन’ भनेर भनिदै गर्दा देशको घना वन जंगलहरु पूर्णरुपमा फडानी भएर सखाप भए । उजाड बनेर वनमा पाईने मूल्यवान वनस्पती, जडिबुटी र वन्यजन्तुहरु लोपोन्मूख हुदै गए । यसले नेपाली भूगोलमा ठूलै पर्यावरणीय संकट निम्त्याई दियो । मानव संवेदनालाई नै प्रभावित पार्ने गरी वन जंगल र वन्यजन्तुको चरम विनाश हुदै गईरहेदा देशमा २०४६ सालको महान् जनआन्दोलन भयो । त्यो जन जनआन्दोलनले देशमा व्यवस्था नै फेरियो । निरंकुश एक दलीय राज्य सत्ता बुहुदलीय बन्न पुग्यो । देशमा संसदीय व्यवस्थाको अभ्यास शुरु हुने संविधान निर्माण हुदै गर्दा नेपाल सरकारले वन ऐन ने फेरेर वन जंगल र वन्यजन्तुको संरक्षणमा नयाँ आयाम थप्यो । जसले वन संरक्षणको अभिभारा स्थानीय वन उपभोक्ताहरुलाई सुम्पियो ।
उपभोक्ताहरुले ने वन विनास हुने गरी वन पैदावार उपभोग गर्ने भएकाले यसमा पञ्चायती सरकारले बनाएको वन ऐनले नियन्त्रको कानून मात्रै व्यवहारमा ल्याउने गरेकोमा अब उपभोक्ताहरुलाई वन संरक्षण गर्न जिम्मेवारी दिएपछि नेपालको अहिलेको वन जंगलको हरियाली विश्वलाई देखाउन सकिने किसिमको सम्पदा बन्न पुगेको छ । अब नेपालको खाली जमीनहरु सबै वन क्षेत्रमा परिक्षण हुदै गएको छ । नेपालको सामुदायिक वनले विश्व पर्यावरणीय क्षति पु¥याउने कार्बन उत्सर्गमा समेत ठूलो टेवा पु¥याउने आधार तयार गरी गरिसकेको छ । यो कार्बन उत्सर्गका लागि विग्रदो मौसम परिवर्तनलाई अर्थात बढ्दै गईरहेको पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलै सहयोग पु¥याउदै आईरहेको छ । यसबाट विश्वका विकसित राष्ट्रका सरकारहरुले समेत नेपालको हरियालीतर्पm ध्यान दिन थालेका छन् । बायुमण्डलीय उच्च चाप सन्तुलित बनाउन छुट्टाइने बजेटको केही अंश नेपालमा भित्रउन समेत एउटा अवसर नेपाललाई मिलेको छ ।
नेपालको हरियाली बृद्धिमा नेपालका सामुदायिक वन उपभोक्ताहरुको ठूलो हात छ । यदि सामुदायिक वन उपभोक्ताहरुले वन र वन्यजन्तु संरक्षणमा यति ठूलो योगदान नदिएको भए आजसम्म नेपालमा कुनै वन थियो भन्ने कथा मात्रै बाँकी रहन्थ्यो । अझै पनि सामुदायिक वनको विकासमा धेरै कामहरु गर्न बाँकी छ । त्यसमध्ये एउटा मुख्य काम भनेको वनभित्रका बुढा र भित्रभित्रै धोत्रो भएर जान लागिरहेका रुखहरुको निकाल्नु पर्ने काम हो । बाहिरबाट हेर्दा हरियो तर भित्रभित्रको चुरो कुहिएर फोस्लो अनि धोत्रो हुदै गईरहेका रुखहरुको पहिचान गरी ती रुखहरुको बेलामै सदुपयोग गर्न त्यस्ता रुखहरुको कटानी गरेर त्यस्ता रुखहरुले शोषण गरेर बृद्धि हुन नदिएका अन्य पोथ्रापोथ्रीहरुलाई बढ्न मौका दिनु पर्दछ । वन उपभोक्ताहरु अनियन्त्रित रुपमा रुखहरु काट्न नपाउने भएपछि ती रुखहरुका बाँकी काठका भागहरुसमेत नोक्सान हुदै गईरहेका छन् । ढलेका र कुहिएर सड्न लागेका रुखहरु काट्न मात्रै नेपालको वन ऐनले अनुमति दिएको छ । अब त्यस्ता हेर्दा हरियो हाँगा विंगा देखिने तर भित्र भित्रै धोत्रो र फोस्लो बन्दै गईरहेका रुखहरुको अनुसन्धान गरी त्यसलाई बेलामा ने सदुपयोग गर्नु पर्ने विषयमा नेपाल सरकारको ध्यान जानु पर्दछ । यसका लागि आधुनिक वन ऐनमा सुधार गर्न नेपाल सरकारको ध्यान जानु पर्दछ ।

Advertisement:

नेपालको वन क्षेत्रको विकासमा निजी क्षेत्रको पनि उतिकै भूमिका रहदै आएकोछ । आफ्नो आर्थिक अवस्था सुधारेर सम्पन्न बन्दै गएका परिवारहरु शहरी बसाईमा रहेकाले बाँझो बन्दै गएका दुर्गम ग्रामीण क्षेत्रका बाँझो जमीनहरुमा रुख तथा बोट विरुवा रोपेर हरियाली बनाउदै लगिरहेका छन् । यसले गाउँवस्तिहरु हरियो र रमणीय देखिदै गईरहेका छन् । सामुदायिक वनले जसरी नेपालका अधिकांश भूभागहरु हरियो देखाउन निजी वनहरुबाट समेत टेवा पुग्दै आईरहेको छ । त्यसैगरी सामुदायिक वनको उपभोगमा बनेका र जनस्तरमा वनसम्बन्धी आएको चेतनाले स्थानीय उपभोक्ताहरुले आफ्नो खेतबारीको छउ छाउ र बाँझो बस्ने जमीनहरुमा बृक्षा रोपण गरेर र वनमा हुर्कन लागेका रुखहरुलाई संरक्षण दिएर नेपाललाई थप हरियाली दिइरहेका छन् । त्यस्तै कबुलियती वनमा समेत हरियाली बढेर आएको छ । राष्ट्रिय निकुञ्जका वनहरुले पनि नेपालको वन क्षेत्रमा ठूलै प्रभाव ल्याएका छन् । जसले देशको वन क्षेत्रमा उल्लेखनीय सुधार आएको छ । नेपालका वनहरु विश्वका लागि नमूना वनको रुपमा देखा पर्ने सम्भावना बढेर गईरहेको छ ।
नेपालमा वनहरु समुदायमा हस्तान्तरण गर्नु अघि निकै नै वन डढेलोको चपेटामा परेर विनाश बन्दै गईरहेका थिए । वनभित्रका चराचुरुङ र दुर्लभ वन्य जन्तुहरुसमेत डढेर विनाश हुर्दै गईरहेका थिए । वन उपभोक्ताहरुले वन संरक्षणमा हात हलेपछि नेपालमा वन्यजन्तुहरुको संख्या दिनानुदिन बढेर गएको छ । यसले नेपालको वन्यजन्तुहरुलाई समुदायले सत्रुको रुपमा हेर्न छोडेर माया गरी ती जनावहरुलाई बचाउन थालेका छन् । जसले वन डढेलोबाट संरक्षणमा विशेष योगदान दिन थालेका छन् । आफ्नो जिम्मेवार क्षेत्रको वनमा डढेलो लाग्न थालेमा उपभोक्ता सदस्यहरुको तुरुन्त ध्यान जाने र आवश्यकता पर्दा यसको नियन्त्रणका लागि तयार भईहाल्ने सम्मको अवस्था आएको छ । वनमा अहिले समुदायालाई हस्तान्तरण गर्न वाँकी वनहरुमा डढेलो लागेको देखिन्छ । ती वनहरुमा डढेलो लाग्दा समेत आफ्नो क्षेत्रभन्दा टाढाका वनहरुमा पुग्न नसक्दा पनि त्यस्ता डढेलोबाट नेपाली नागरिकहरु चिन्ता गर्न सक्ने भएका छन् । यो पनि वन संरक्षणमा आएको चेतना स्तर हो । यसले वन नजिकका वस्तिहरुमा वन डढेलोबाट सल्कने आगलागी नियन्त्रण भई ठूलो धनजनको क्षतिको दुर्घटना टरेर जान थालेको छ । यसले वस्तीहरु समेत सुन्दर र रमणीय र वस्तीका बासिन्दाहरु सुखी बन्दै गईरहेका छन् ।
अब वन क्षेत्रमा अझ बाँकी रहेका सुधारका कार्यक्रमका लागि नेपाल सरकारको उच्च प्राथमिकतामा राखेर उपभोगको नीति बनाउने विषयमा ध्यान जानु पर्दछ । सामुदायिक वन उपभोक्ताहरुले गरेको वन संरक्षणको अभ्यास र वन प्राविधिकहरुले बनाएको अनुभवका साथै वन र वन्य जन्तु संरक्षणका लागि सरकारले ल्याएको नीति नियममा भएका त्रुटिहरु पहिल्याएर वन सुधारका कार्यक्रम ल्याईनु पर्दछ । वन संरक्षण गर्ने नामममा उपभोक्ताहरुले वन पैदावारको चरम अभाव झेल्न नपर्ने गरी वन संरक्षण एवं उपभोगका विधि अपनाएर भावी पुस्ताका लागि वन विस्तारका कार्यहरुको पनि आवश्यकतालाई पुरा गर्न समुदाय र सरकारले आवश्यक भूमिका निर्वाह गर्ने बेला आएको छ । यसका लागि सरोकारवालाहरुले आवश्यक पहल थाल्न ढिला गरिनु हुदैन ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra