४९ मत सहित राजेन्द्र राई भए प्रदेश १ को मुख्यमन्त्री



काठमाडौं, १७ कार्तिक / प्रदेश १ मा ४९ सांसदहरुको समर्थन मतसहित एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्य मन्त्री नियुक्त भएका छन् । संविधानको धारा १६८ (२) अनुसार रार्ई मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश १ मा सोमबार मुख्य मन्त्री भीमप्रसाद आचार्यले सोमबार आफ्नो पदबाट राजीनामा दिएपछि सोमबार नै राईले ४९ जना सांसदको समर्थनसहित प्रदेश १ को मूख्य मन्त्री पदमा आफ्नो दावी पेश गरेका थिए । मूख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिएपछि मंगलवार दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमाअनुसार उक्त समयावधि सकिएसँगै प्रदेश प्रमुख अधिकारीले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा राईलाई नियुक्त गरेका हुन् ।
माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मञ्च लगायत दलको समर्थनमा नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रदेश संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्न पुगेका हुन् । मूख्यमन्त्री पदमा नियुक्ती दिएपछि उनलाई मंगलबार दिउँसो २ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ दिलाएका थिए । सपथ लिएसँगै राईले मंगलवार नै सानो आकारको आफ्नो मन्त्रीमण्डल गठन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा